७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सात तस्वीरमा हेर्नुहोस्, पूर्व पर्यटनमन्त्री योगेश भट्टराईको पैदलयात्रा मोह


२६ असार, काठमाडाैँ । नेकपा (एमाले)का सचिव एवं पूर्व पर्यटन मन्त्री योगेश भट्टराई प्रायः शनिबार जंगलको बाटो पैदल हिड्ने गर्नुभएको छ । उहाँको यो मन्त्री हुनुअघि देखिनै बानी हो । यद्यपी मन्त्रीबाट बाहिरपछि भट्टराईले पैदलयात्रा मोह घटेको छैन । उहाँ हरेक शनिबार जसो काठमाडाैँको वरिपरि घुमिरहेको तस्बीर सार्वजनिक गरिरहनुभएको हुन्छ । भट्टराईले यो शनिबार पनि गोदाबरीको जंगलमा पदयात्रा गर्नुभएको छ ।

उहाँले पैदलयात्राको तस्बीर सार्वजनिक गर्दै कोरोनासँग लड्न प्रतिरोधि क्षमता बढाउन भए पनि राम्रो शारिरिक अभ्यासका लागि पैदलयात्रा उपयोगी हुने टिप्स दिनुभएको छ । उहाँले पैदल यात्राको जानकारी दिँदै सामाजिक सञ्जालमा भन्नुभएको छ

कोरोनासँग लड्न प्रतिरोधि क्षमता बढाउनु पर्छ । प्रतिरोधि क्षमता बढाउन शारिरिक अभ्यासमा जोड दिनुपर्छ । त्यसका लागि Hiking राम्रो उपाय हो । आज कंक्रिटको जंगलबाट केहि टाढा प्राकृतिक जंगलमा । गोदावारीबाट उकालो उकालो उकालो चाँपाखर्क, त्यहाँबाट ओरालो ओरालो ओरालो कोटडाँडा । त्यहाँबाट ओरालो बिशंखु हुँदै तेर्सो पुन: गोदावारी कुल २० किमी ।
प्राकृतिक रुपमा मनोरम तथा स्थानीय अर्गानीक खानेकुरा पाइने यो Hiking Root मा यहाँहरु पनि समय मिलाएर जानुभएमा राम्रै हुनेछ । आजको संयोजनका लागि बिनोद आचार्य भाईलाई धेरै धेरै धन्यवाद । अर्को शनिबार अर्को कुनै ठाउँमा !

प्रकाशित मिति : २६ असार २०७८, शनिबार १८:०८