७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

युनियन हाइड्रोपावरको साधारण सभा सम्पन्न, यी एजेण्डा पारित


२५ असार, काठमाडौँ । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ  । कम्पनीको  १३औँ र १४औँ साधारणसभा आज ललितपुरको धोबीघाटस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभाले हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले आर्थिक बर्ष २०७५/०७६ र ०७६/०७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु माथि छलफल गरि पारित गरेको छ ।

त्यस्तै, सभाले मिदिम खोला करापु जलविद्युत आयोजनाका लागि लिइएको ऋण व्यवस्थापन र अन्य आयोजनाहरुको अध्ययन तथा विकासका लागि आवश्यक रकमका लागि हकप्रद सेयर जारी गर्न लागेको हो । सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ महिलासहित ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार १४:१४