१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एमाले सिध्याउने र विपक्षीलाई सहयोग गर्ने निर्देशित योजनामा माधव नेपाल


–कमल पाठक

अदालतले एमाले र माओवादीलाई अलग गरेको घोषणा गर्यो । एमालेका केही नेता विभाजनपछि पार्टी कब्जा गर्ने उद्देश्य लिएर आशीर्वाद लिन छबिलाल डाडाँमा पुगे । छबिलालले माधवकुमार नेपाललाई पार्टी कब्जा गर्न पठाएको छु माधवजीहरू एमाले कब्जा गरेर मात्र आउनुहुन्छ भनेर सार्वजनिक घोषणा गर्नुभयो । त्यसको प्रतिवाद माधव नेपाल समुहले कहिल्यै गरेन । सम्भवत गर्दैन पनि होला ।

माधव नेपाल समुहले एमालेलाई संकटपूर्ण अवस्थामा पुर्याउने देखेपछि एमाले पुनर्गठन गरियो । माधव नेपाल समुहले एमालेलाई अदालतले २०७५ जेष्ठ २ मा फर्काएको छ त्यहि कमिटीको बैठक बस्नुपर्छ पुनर्गठन मानिन्न भन्ने माग राख्दै आए । माधव समुहको छबिलाल मोह ९प्रेम० र देउवालाई प्रम बनाउने अभिष्ट देखेर एमाले शसंकित भयो ।

पार्टी सिध्याउने योजनालाई कमजोर बनाई एमाले बचाउन एमालेले आफुलाई पुनर्गठन गर्यो । पुनर्गठनलाई विघटन गर्नुपर्छ भन्ने माग पूरा गर्न सकिन्न भनेर माधव समुहको मागलाई अस्विकार गर्दै आएकोमा अध्यक्ष केपी शर्मा ओली देश जनता र सिङ्गो एमालेको मजबुतिलाई ध्यानमा राखेर एकपछि अर्को गरि आफ्नो अडानबाट पछि हट्दै हट्दै माधव समुहको माग पूरा गरे । ओलीले २०७५ जेष्ठ २ कै स्थितिमा एमाले फर्कने र नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सबैको सोही पद कायम रहने, भएका कारबाही सबै फुकुवा हुने र जेष्ठ २ कै एमालेको बैठक बस्ने भनेर पद सहित बैठकको आह्वान गरेपछि फेरि प्याकेजमा सहमति नभै बैठकमा नजाने माधब समुहको माग के हो ?

माधव समूह पार्टी एकता चाहन्छन् कि चाहदैनन् ? नचाहने हो भने एमालेले आफ्नो विधि र कोर्स पुरा गरि अगाडि बढ्न ढिला गर्नु हुन्न । निर्वाचनको घोषणा भएको छ निर्वाचन भयो भने यो अवस्थाको लथालिङ्ग एमाले लिएर निर्वाचनमा जान सकिन्छ ? सकिदैन भने पार्टिलाई मजबुतिमा लैजान नदिने गिरोहको पहिचान गर्न अघि बढ्न ढिला गर्न हुन्न ।

आजसम्म हुनै नहुने कामह? भएका छन्, नेतृत्वको आदर्शमाथि धेरै प्रहार गरेर बदनाम गरियो । दुई बर्ष नेतृत्वलाई खुईल्याउने योजनामै दिन बिताईयो । अब पार्टी एकतापछि ती आरोप प्रमाणित गर्न सकिन्छ कि फिर्ता गर्न ? जब प्रमाणित वा फिर्ता लिन सकिन्न भने आफै कमजोर हुने गरि नेतृत्वलाई खुईल्याउने भनेको प्रकारान्तरले पार्टी सिध्याउने र विपक्षीलाई सहयोग गर्ने निर्देशित योजना हो । यसमा अलमलिनु नेतृत्व समेत अझ एमाले कमजोर बनाउन लाग्नु सरह हो ।

जेष्ठ २ मा जाने एमालेले भनी सकेपछि केका निम्ति प्याकेजमा सहमति ? के अदालतले जेष्ठ २ मा जाने भनेको होइन ? माधव समुहको हिजो सम्मको माग पनि त्यहि थियो होइन ? जब एमालेले २०७५ जेष्ठ २ मा फर्केर आग्रह बिना बैठक बस्ने भनिसके पछि अब केका निम्ति प्याकेजमा सहमति ?

पार्टीलाई संकटपुर्ण अबस्थामा पुर्याएर फेरि प्याकेजमा सहमति भनेको दशौं महाधिवेशनमा ओली उठ्न नपाउने, अहिले अध्यक्ष वा प्रम मध्य एक छोड्नुपर्ने, आगामी दिनमा फलानो फलानोको क्षेत्र सुनिश्चित र जिताउन ग्यारेन्टी गरिनुपर्ने, सरकारी नियुक्ति, मुख्यमन्त्रीमा सम्झौता आदि दाउ होला प्याकेजमा सहमति भित्रको रहस्य ।

यो कमजोर हुतिहारा, जनबिरोथि माग र तर्क हो । पार्टी महाधिवेशनमा जादैछँ त्यहिँ प्रतिस्पर्धा गरेर ककसलाई के के पद चाहन्छ आन्तरिक लोकतन्त्र मार्फत निर्वाचित हुने, आबधिक वा आम निर्वाचनमा जनताबाट सांसद जित्नु पर्ने बहुदलीय जनवादको मर्म र भावना हो ।

त्यस बिपरित पार्टि एक ढिक्का बनाउने अध्यक्षको चाहनालाई कमजोर ठानी एकपछि अर्को माघ राख्ने,घुर्कि लाउने धम्किदिने, पार्टीको आन्तरिक र बाह्य प्रतिस्पर्धालाई छलेर बिना प्रतिस्पर्धा सिट सुरक्षित गर्न गरिएको प्याकेज सहमतिको माग देश, जनता, एमाले र त्यसको नीति बहुदलिय जनवाद बिपरितको माग हो । त्यो खारेज हुनुपर्छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १६:५३