१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एमाले माओवादी र संघीय समाजवादी फोरमबिचको वार्ता विना निष्कर्ष टुंगियो


१७ फागुन, काठमाडौं । एमाले माओवादी र संघीय समाजवादी फोरमबिचको वार्ता विना निष्कर्ष टुंगिएको छ ।


बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेकोले वार्ता विना निष्कर्ष टुंगिएको एक नेताले बताए ।
मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भएको छ ।

संविधान संशोधनमा भने तीन दलबीच लगभग सहमति जुटेको छ । एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार १२:३८