८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

१० वटा बच्चा जन्माएको भनिएकी अफ्रिकी युवती गर्भवती नै नभएको खुलासा


१० असार, काठमाडाैँ । दक्षिण अफ्रिकाकी १० वटा बच्चा जन्माएको भनिएकी युवती गर्भवती नरहेको खुलासा भएको बीबीसीले जनाएको छ । यसअघि ३७ वर्षकी ती युवतीले १० वटा बच्चा जनमाएको कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रकाशन गरेका थिए ।

बीबीसीका अनुसार अनुसन्धानले ती युवतीले त्यसरी १० वटा बच्चा जन्माएको कुरा असत्य रहेको पुष्टि भएको छ । दक्षिण अफ्रिकाको खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको त्यहाँको प्रान्तीय सरकारले जनाएको छ । स्वास्थ्य परीक्षण गर्दा १० वटा बच्चा जन्माएको दाबी गरिएकी गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको पाइएको छ । ती ३७ वर्षिया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ०८:३०