१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

डा गोविन्द केसीलाई अनसनको नाैटंकी बन्द गर्न किसानको आग्रह (भिडियोसहित)


२७ असार, काठमाडौँ । २५ वर्ष अघि जुम्लामा गएर जागिर खानुपर्छ भनेर राजिनामा दिएका डा गोविन्द केसी अहिले फेरि जुम्लामै गएर अनसन बसेको भन्दै आलोचना भैरहेको छ । गोविन्द केसीले अनसन बस्दा सुरुमा उनको पछि लागेहरु पनि उनको बालहठदेखेर आजित भएका छन ।

कांग्रेसले केसीको अनसनको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता नै गरेको छ । उक्त प्रस्ताव माथिको छलफलमा भाग लिँदै सांसद किसान श्रेष्ठले केसीलाई नौटंकी बन्द गर्न आग्रह गरे । उनले उबेलामा जुम्लामा जागिर खानुपर्छ भनेर वीर अस्पतालबाट राजिनामा दिएको स्मरण गर्दै केसीले अनसन बस्ने नैतिकता गुमाएको भन्दै नौटंकी बन्द गर्न आग्रह गरे ।

किसानको भनाइ यहाँ सुन्न र हेर्न सक्नुहुन्छ

प्रकाशित मिति : २७ असार २०७५, बुधबार १५:५१