१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल प्रहरीका १५ एसएसपीको सरुवा (को कहा ?)


७ असार, काठमाडाैँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरी समूहतर्फका उहाँहरुलाई विभिन्न कार्यालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्राप्त विवरणानुसार प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीलाई वाग्मती प्रदेश प्रहरी कार्यालयबाट प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा पठाइएको छ । त्यहाँका एसएसपी टेकबहादुर तामाङलाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँमा ल्याइएको छ ।

यस्तै प्रदेश नं २ प्रहरी कार्यालय धनुषाका एसएसपी श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्चोक, प्रहरी प्रधान कार्यालयका उमाशङ्कर पञ्जियारलाई नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटीका जनकराज पाण्डेलाई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर पठाइएको छ ।

यस्तै एसएसपी गोविन्दकुमार शाहलाई प्रहरी प्रदेश कार्यालय सुनसरी, कृष्णहरि शर्मालाई प्रहरी प्रदेश कार्यालय कास्की, हृदय थापा, उमेशराज जोशी र नलप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालय तथा राजेन्द्रप्रसाद चौधरीलाई प्रदेश नं १ प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

एसएसपी दीपक थापालाई प्रदेश नं २ प्रहरी कार्यालय जनकपुर, चक्रकुबेर खापुङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, विक्रमबहादुर चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटी र नरबहादुर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार २२:१७