७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पुनर्निर्माणमा बजेटको अभाव हुँदैनः मन्त्री तामाङ


७ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले मेलाम्ची र हेलम्बुका बाढी पीडितसँग भेट गर्नुभएको छ । यही असार १ मा मेलम्ची खोला र इन्द्रावती नदीमा अकल्पनीय बाढीले ती क्षेत्रमा अपुरणीय क्षति पु¥याएको थियो ।

उहाँले बाढीबाट थप नदी कटान हुन नदिन बजेटको चिन्ता नगरी काम गर्न सरोकारवाला पक्षलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “ पुननिर्माणमा बजेटको अभाव हुँदैन । सरकारले पुननिर्माणमा पहिलो प्राथमिकता दिन्छ । ” मन्त्री तामाङले तत्काल पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने गरी काम थाल्न निर्देशन दिनुभयो । “पहिलो प्राथमिकता पीडितलाई अस्थायी बासको व्यवस्था गर्नु हो, स्थायी रुपमा पुनःनिर्माणको काम पनि साथ साथै अघि बढ्छ ।”

सिन्धुपाल्चोकका बाढी पहिरा पीडितलाई रु १ करोड

वाग्मती प्रदेश विपद् व्यवस्थापन समितिले सिन्धुपाल्चोक जिल्लालाई तत्काल रु १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको सो समितिको बैठकले सोे निर्णय गरेको हो ।

उद्योग, पर्यटन तथा वन मन्त्री शरेस नेपालले बैठकले सिन्धुपाल्चोक लगायत प्रदेश भित्रका बाढीपहिरो प्रभावित क्षेत्रमा रोकथाम, संरक्षण र सहज वातावरण बनाउन तत्काल रु ५ करोड सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले बैककले सिन्धुपाल्चोक र चितवनको नदी नियन्त्रणको लागि रु ५० लाख दिने निर्णय गरेको बताउनुभयो ।

अन्य जिल्लालाई पनि सम्भावित जोखिम कम गर्न लागि रु २५ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मनसुन शुरु भएको पहिलो हप्तामै सिन्धुपाल्चोकको मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका नराम्रो प्रभावित बनेको छ । मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले काभ्रे भुम्लु गाउँपालिकाको दोलालघाट बजार पनि प्रभावित बनेको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार २२:१३