६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

दिनहुँ देउवा निवास धाउने माधव नेपालले भनेः एकता बचाउन अधिकतम लचक भएँ


७ असार, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले समाजिक सञ्जाल मार्फत सर्वोच्चमा भ्याकेटका लागि अध्यक्ष केपी शर्मा ओलीले दिएको निवेदनको आलोचना गर्नुभएको छ । दिनहुँ कांग्रेस सभापति देउवाको निवास धाउँदै आउनुभएको उहाँले एकता वचाउन हदै लचक भएको र त्यसलाइ कमजोरीकत्र रूपमा लिएको दलिल पेश गर्नुभएको छ ।

नेता नेपालले भन्नुभएको छ, ‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रप्ट बुझन सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो। सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ ( सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’

प्रकाशित मिति : ७ असार २०७८, सोमबार २०:००