८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

किन पटक-पटक फेक न्यूजको शिकार भैरहेका छन महानिरीक्षक खनाल ?


७ असार, काठमाडौँ । सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनाल पटक पटक फेक न्यूजको शिकार भैरहनुभएको छ । संगठनको नेतृत्व सम्हालेयाता दर्जनौ पटक उहाँमाथि फेक न्यूज सिर्जना गरेर आक्रमण भएको छ । यद्यपी खनाल भने शान्त देखिनुहुन्छ । खनालमाथि फेक न्यूज सिर्जना गरेर प्रचार गराउने भने सशस्त्र प्रहरीको उच्च नेतृत्वमा रहेका पुष्पराम केसी लागयत रहेको पाइएको छ । केसीले पत्रकार परिचालन गरेर यस्तो काम गरिरहनुभएको बुझिएको छ ।

उहाँले खनाल हटाएर आफू महानिरीक्षक बन्नका लागि यस्तो गरिरहेको चर्चा शस्त्र प्रहरीभित्रै चल्न थालेको छ । यसअघि दैनिकीले प्रधानमन्त्रीका मुख्य सल्लाहकारको नाम बेचेर केसीले गरेको बदमासीका बारेमा समाचार लेखेको थियो । केसीले इतिहासमै पहिलो पटक सुरक्षा निकायमा विभागीय प्रमुखलाई समेत जानकारी नगराई सशस्त्र प्रहरीको गणमा छड्के गराउनु भयो । यहाँ फेक समाचार सिर्जना गरेर के गरियो भन्दा पन खनालको के कामका कारण यस्तो गरिरहेको छ भन्ने विषय खोतल्न खोजिएको छ ।

खनालले सशस्त्र प्रहरीको इतिहासमै पहिलो पटक गण कमाण्ड नयाँ पुस्तामा पुर्याउनु भो । उहाँले केही महिनाअघिमात्र भएको सरूवामा यस्तो निर्णय लिनुभएको थियो । सशस्त्र प्रहरीका ४२ मध्ये ३८ वटा गण सशस्त्र प्रहरी निरीक्षकबाट प्रवेश गरेका सि।सं। २ अर्थात् दोश्रो व्याचका सशस्त्र प्रहरी उपरीक्षकहरुको जिम्मामा पुगेको छ । यसबाट फिल्ड कमाण्ड थप मजवुद चुस्त दुरुस्त हुने अपेक्षा गरिएको छ । तल्लो दर्जाका कर्मचारीको मनोबल बढाउन खनाल अाफैँ फिल्डमा खटिने गर्नुभएको छ ।

खनालले लगातार अख्तियारले भ्रष्टाचार मुद्दा लागेर डामिएका पूर्व प्रमुखहरूको पालदेखिको बेरूजु करिब शून्यमा झार्नुभएको छ । यसले धुमिलएको सशस्त्र प्रहरीको छवी उज्यालो बनेको छ । बेरूजु फर्छ्यौटमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै खनााल गृहमन्त्रीबाटै सम्मानित समेत हुनुभएको छ । कतिसम्म भने कोरोना महामारी नियन्त्रण र संक्रमितिको उपचारमा समेत सशस्त्र प्रहरीको भूमिमा अब्बल रह्यो । एपिएफ अस्पतालमा उपचार गराउनेहरूले संगठनको उच्च प्रशंशा गर्दै धन्यवाद दिएर घर फर्के । विपद् व्यवस्था पनमा पनि सशस्त्र प्रहरीको भूमिका हिजो भन्दा धेरै बढेर गएको छ र त्यो प्रभावकारी कार्यान्वयन खनालको नेतृत्वमा भैरहेको छ ।

विगतमा सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती गरेर हाकिमहरूले खाने गरेकामा खनालले नै त्यो व्यवस्थाको अन्त्य गराइदिनुभएको छ । विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम कटौती हुँदै आएकामा गत वर्षदेखि खनालले व्यक्तिगत भत्ता कटौती नगर्ने व्यवस्था व्यवस्था मिलाउनुभएको छ । यसअघि सशस्त्र प्रहरी परिवार महिलासङ्घलाई अमेरिकी डलर ३५, पूर्वसशस्त्र प्रहरी सङ्घलाई अमेरिकी डलर ३५ र खेलकूद शाखालाई ८० डलर गरी १५० डलर भत्ताबाट कटौती गरिदैँ आएको थियो ।

खनालले नै एपिएफ अस्पतालमा उपचार हुन नसकेका दीर्घरोग लागेका बहालवाला कर्मचारी, पूर्वकर्मचारी र बहालवालाका सन्ततिका लागि कम्तीमा रु ५० हजारदेखि बढीमा रु एक लाखसम्म निःशुल्क उपचार खर्च उपलब्ध गराउने व्यवस्था गर्नुभयो । ७० वर्ष नाघेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक जनही रु १२ हजार भत्ता दिने व्यवस्था समेत मिलाउनु भएको छ ।

खनालकै कार्यकालमा कालापानी क्षेत्रमा पहिलो पटक चौकी बनेको छ । सशस्त्र प्रहरीले बिओपी भन्ने चौकीले नेपालीको शिर उचो बनाएको छ । अझ सशस्त्र प्रहरी प्रमुखले कालापानी क्षेत्रमै पुगेर सशस्त्र प्रहरी कुनै पनि अवस्थामा चौकी क्षेत्र छाडेर नजाने प्रतिवद्धता व्यक्त गरेपछि त्यहाँ नागरिकले कम्ता खुशी प्रकट गरेरनन् ।

खनालकै कार्यकाललमा चीन र भारतको सीमामा बिओपीहरू थपिएका छन भनेर सीमामा हुने अपराध, भ्रष्टाचार र लुटपाट करिब शून्यमा झरेको छ । सशस्त्र प्रहरले विगतको भन्दा धेरै राजस्व संकलनमा सहयोग पुर्याउँदै आएको छ भने पोके तस्करी पनि न्यूनिकरण गराएको छ। योग्यता र क्षमता भएका अधिकृतहरूले समानरूपमा अवसर प्राप्त गर्दै आएका छन । खनालले यसरी संगठनको हितमा निरन्तर काम गरिरहेको समयमा उहाँकै सहकर्मीहरूले पत्रकार परिचालन गरेर फेक न्यूज सिर्जना गरिरहेका छन । यद्यपी खनाल भने शान्तसँग अाफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार २१:१०