१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

सर्वोच्चले भोलि दिने आदेश आजै सुनाउँदै प्रचण्डले भने २१ मन्त्रीको पद जान्छ


७ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले भोलि सुनाउने फैसलाका विषयमा आजै निर्णय दिनुभएको छ । पत्नी सीता दाहालसँग चितवन जानेक्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका विशालटारमा कार्यकताहरुसँग कुरा गर्दै प्रचण्डले मन्त्रिपरिषद् विस्तारको विरूद्धमा परेको रिटमा भोलि आउने फैसला आजै सुनाइदिनुभएको हो । उहाँले भोलि नवनियुक्त २१ मन्त्रीको भोलि नै पद जाने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले पाएको सूचना अनुसार सम्भवतः भोली (असार ८ गते) सर्वोच्चले असंवैधानिक रुपमा ओलीले नियुक्त गरेका २१ जना मन्त्रीहरुको पद खारेज गर्दैछ ।’  प्रचण्डले सूचना कोबाट लिएको भन्ने नुखुलाए पनि सर्वोच्चको मुद्दाको विषयमा गम्भीर टिप्पणी गर्नुभएको कारण न्यायाधीशबाट लिएको अनुमान गर्न सकिन्छ ।

सोही अवसरमा प्रचण्डले माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्ने बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘हिजो मात्रै नेपाल कमरेड सँग बसें हाम्रो गठबन्धन संविधान रक्षार्थ हो, नेपालले ओलीसँग रहन नसक्ने जानकारी गराउनु भएकोले ओली सकिए माधव नेपाल जीहरुले प्रतिनिधिसभा पुनस्थापना हुनासाथ नाम जे रहला नयाँ पार्टी खोल्नु हुन्छ तमाम एमाले कार्यकर्ताहरु नेपालसँगै आउनु हुनेछ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १८:०७