६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

बृद्धभत्ता चोरी प्रकरणः मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अनुसन्धान गर्न अख्तियारलाई पत्र


८ असार, काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट हराएको भनिएको ५३ लाख रूपैयाँ चोरीमा मिलोमतोमा भष्टाचार भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निष्कर्ष निकालेको छ । मन्त्रालयले उपसचिव मदन कोइरालाको नेतृत्वमा गठन गरेको छानविन समितिले स्थलगत अनुसन्धानपछि बृद्धाभत्ता चोरीका नाममा मिलेमतोमा भ्रष्टाचार भएको ठहर गरेको प्रतिवेदन मन्त्रालयलाई दिएको छ ।

छानविन समितिले स्थलगत रूपमा अनुसन्धान गर्दा गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कमजोरीका सम्बन्धमा दुई दर्जन बाढी प्रश्न गरेको छ । यसअघि नै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही स्वरूपमा मन्त्रालय तानेर जगेडामा राखिएको छ ।

मन्त्रालयले गाउँपालिकामा अरू पनि धेरै समस्या देखिएको भन्दै थप अनुसन्धान गरेर कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको छ । मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले दैनिकीसँग कुरा गर्दै आयोगलाई पत्र लेखिसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘विषय गम्भीर प्रकृतिका भेटिए । हामीले मुद्दा चलाउन निमल्ने भएकाले थप अनुसन्धान गरेर मुद्दा चलाउनका लागि अख्तियारलाई लेखि पठाएका छौँ ।’

यो पनि पढ्नुहोस्

नुवाकोटमा बृद्ध भत्ता चोरिएको कांग्रेसले पनि थाहा पायो, वडा कार्यालयमा तालाबन्दी

-सीसीटीभीमा नुवाकोटको बृद्धभत्ता चोरी प्रकरणः जसले बैंकबाट पैसा ल्याए उनैले लगे

बृद्ध भत्ता चोरी प्रकरणः पुडासैनीलाई कारबाही स्वरूप जिम्मेवारी खोसेर मन्त्रालय तानियो

-बृद्ध भत्ता चाेर खोज्न संघीय मामिला मन्त्रालयको टोली नुवाकोट जाँदै

-बृद्ध भत्ता चोरीमा संलग्नको प्रतिरक्षामा माओवादी नेता हितबहादुरको विज्ञप्ति

-नुवाकोटको पञ्चकन्यामा गाउँपालिका प्रमुखकै मिलेमतोमा बृद्ध भत्ताको ५३ लाख चोरी

बृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका प्रशासकीय अधिकृतलाई मन्त्रालय तानेर निलम्बन गरिदैँ

-बृद्ध भत्ता चोरी प्रकरणः महासंघद्धारा पत्रकारलाई धम्की दिने गाउँपालिका प्रमुखको निन्दा

-वृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका अध्यक्षमाथि कारवाही गर्न माग

मन्त्रालयको छानविन समितिले त्यती ठूलो रकम व्यक्तिको खातामा किन पठाइयो भन्ने प्रश्नको जवाफ समेत अझै पाउन सकेको छैन । पहिल्यै नै चोरीको योजना बनाएर यी सबै काम गरिएको हुन सक्ने मन्त्रालयको आशंका रहेको छ । गाउँपालिकाको गतिबिधि हेर्दा अन्य वडामा समेत समस्या रहेको पाइएको छ । यसअघि नै वडा नम्बर ५ समेत वृद्धभत्ताको पैसा चरिएको पाइएको र वर्षौदेखि मरेको मान्छेको नाममा कर्मचारीले नै भत्ता बुझेर खाइरहेको पाइएको छ ।

प्रवक्ता अधिकारीले चोरी र सीसीटीभी फुटेजका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । अब अख्तियारको टोलीले छुट्टै अनुसन्धान गर्नेछ र भष्टाचारमा संलग्नताको कसुर हेरेर गाउँपालिका प्रमुखदेखि वडा अध्यक्ष र प्राविधिक सहायकसम्मका विरूद्धमा भ्रष्टाचार मुद्दा चलाउने छ ।

गत चैत २४ गते वडा कार्यालयबाट पैसा हराएको भनिएर नाटक मञ्चन गरिए पनि स्वयं गाउँपालिका प्रमुख बैंकबाट झिकेर लगिएको ५०लाख रूपैयाँको झोला वडा कार्यालयका प्राविधिक सहायक रामकुमार गिरीले लगे पनि उक्त झोलाबाट पैसा नझिकी बोकेर घरतिर गएको देखिएको सीसीटीभी फुटेज अदालतमा पेश गरिएको बताउनुहुन्छ । अदालतले भने चोरी प्रमाणित हुने पर्याप्त आधार भए पनि अभियुक्त रामकुमार गिरी, वडा सचिव सरिता राउत लगायताई धरौटीमा रिहा गरिदिएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार ०५:५६