८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

माधव नेपाल समूहलाई कित्ता क्लियर गर्न भोलि बेलुकासम्मको समयः नेता रिमाल


७ असार, काठमाडाैँ । नेकपा एमालेको जारी विवाद अन्त्य हुन्छ कि हुन्न भन्ने चिन्ता र चासोका बीच माधवकुमार नेपाल समूहले एमालेमै रहने की पुष्पकमल दाहाल वा शेरबहादुर देउवाको कार्यकर्ता बन्ने भन्ने विषयमा मंगलबार बेलुकासम्ममा कित्ता क्लियर गर्नुपर्ने भएको छ । ९ गतेदेखि सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतमा बहस सुरू हुने भएकाले ८ गते रातिसम्म एमालेको बाहिरी घेराको विषय टुंगिने पर्ने निष्कर्ष नेताहरूले निकालेका छन ।

सोमबार बिहान एपिवान  टेलिभिजनमा कुरा गर्दै एमाले स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले भोलि बेलुकसम्ममा कुन बाटो लाग्ने भन्ने विषय क्लियर हुने बताउनुभयो । उहाँले पार्टी भित्र जति पनि बहस छलफल गर्न पाइने भन्दै प्रधानमन्त्रीको अपिल अनुसार नेताहरूले एमालेमै रहने वा विपक्षी गठबन्धमै सहभागी हुने हो भन्ने विषयमा ८ गते अवेरसम्ममा निर्णय दिनुपर्ने बताउनुभयो ।

रिमालसँगको कुराकानी तलको लिंकमा सुन्न र हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १३:०६