४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

प्रचण्ड र देउवालाई माधवको वचन, प्रदेश १, बागमती र लुम्बिनीको सरकार पनि ढल्छ


६ असार, काठमाडौँ । डा भीमबहादुर रावलसहित नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाको निवास पुग्नुभएको एमालेका नेता माधवकुमार नेपालले प्रदेश १, बागमती र लुम्बिनीको सरकार ढाल्न सहयोग गर्ने वचन दिनुभएको छ ।

आइतबार देउवा निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेपालले गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ मा गठबन्धन पक्षका सरकार बनेकाले ती सरकारलाई जनपक्षीय काममा केन्द्रित हुन निर्देशित गर्दै प्रदेश १, वागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

देउवाको निवास बुढानिलकण्ठमा आइतबार साँझ करीव डेढ घण्टा बसेको बैठकमा माधव नेपाल पक्षले सहयोग गरेका कारण तीनवटै प्रदेशका नीति तथा कार्यक्रम पारित भएको र अब तीन प्रदेशमा एमालेको सरकार ढालेर नयाँ बनाउन राजनीतिक पहल गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकमा एमाले एकताको प्रयास दोस्रो तहका केही नेताले गरेको भन्दै नेपालले आफूहरू विपक्षी गठबन्धन छाड्ने पक्षमा नरहेको जानकारी गराउनुभएको थियो । बैठकमा बैठकमा नेपालसहित भीम रावल, कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का, माओवादीबाट अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ र जसपाको उपेन्द्र यादव, डा बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी रहनुभएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार २०:३२