१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पक्राउ परेकी बबरमहलकी घरबेटीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गरिने


६ असार, काठमाडाैँ । दलित भनेर युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी बबरमहल निवासी घरबेटी सरस्वती प्रधानलाई ३ दिन प्रहरी हिरासतमा राख्निने भएकाे छ । सञ्चारकर्मी रुपा सुनारको उजुरीका आधारमा पक्राउ परेकी घरबेटी प्रधानलाई ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयाे।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार सरस्वतीलाई ३ दिनको म्याद लिएर आइतबार पक्राउ गरिएको हो । अनुसन्धानबाट आरोप प्रमाणित भएमा आवश्यक कारवाही प्रक्रियाका लागि प्रहरीले अदालतमा मुद्धा पेश गर्ने बस्नेतले बताउनुभयाे ।  रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १६:१२