१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

वेल्जियमलाई १- ० ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा


२७ असार, काठमाडाैँ । फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार गएराति भएको खेलमा  वेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हाे । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरेका थिए ।

यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो । सन् २००६ को फाइनलमा भने इटलीसँग पराजित भएको थियो । अब उसले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रकाशित मिति : २७ असार २०७५, बुधबार ०६:०४