१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सीसीटीभीमा नुवाकोटको बृद्धभत्ता चोरी प्रकरणः जसले बैंकबाट पैसा ल्याए उनैले लगे


५ असार, काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयबाट बृद्ध भत्ताको ५० लाख चोरीमा विभिन्न कोणबाट अनुसन्धान भैरहेको छ । यद्यपी चोरको संरक्षणमा विभिन्न शक्तिले खेलेको बुझिएको छ । बृद्धभत्ताको ५० लाख रकम झोलामा बोकेर वडा कार्यालयमा प्रवेश गरेका प्राविधिक सहायक रामकुमारी गिरीले सोही झोला बोकेर वडा कार्यालयबाट बाहिरिएको सीसीटीभीमा प्रस्टै देखिएको प्रहरी र गाउँपालिका प्रमुख तेजबहादुर तामाङले बताउनुभएको छ । तामाङले सीसीटीभीको फुटेजका बारेमा दिएकाे जानकारी भिडियामा सुन्न सक्नुहुन्छ । भिडियाो साैजन्यः साझापथ/भरत सन्तोषी लामा

सीसीटीभी फुटेजमा गिरीले पैसाको झोला जस्तो ल्याएर वडा कार्यालयमा राखे त्यस्तै अवस्थामा पुन बोकेर वडा कार्यालयबाट निस्केको प्रस्टै देखिने गाउँपालिका प्रमुख तामाङले बताउनुभयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटले पनि सीसीटीभी फुटेजको आधारमा मुद्दामा आरोपित बनाइएका व्यक्तिलाई धरौटीमा छाडेपछि पुनरावेदनका लागि जिल्ला अदालत नुवाकोटमा निवेदन दिएको छ । फुटेजमा प्रस्टै प्राविधिक साहायक गिरीले पैसाको झोला जस्तो ल्याएको त्यस्तै बोकेर निस्केको देखिदाँ पनि अदालतले धरौटीमा छाडिदिएपछि प्रहरी संशकित बनेको छ ।

प्रहरीले गिरीको पोलिग्राफ रिपोर्ट लिँदा उनले झुटो बोलेको देखिएको छ । गिरीले सत्य कुरा लुकाएर झुटा गरेको पोलिग्राफबाट देखिएको प्रहरीले जिल्ला अदालतमा पेश भएको अभियोग पत्रमा नै उल्लेख भएको छ । पर्याप्त प्रमाण हुँदाहुँदै अदालतले आरोपितलाई धरौटीमा छाडेपछि अदालतसम्म चोरीको सेटिङको प्रभावमा परेको आशंका समेत गरिएको छ ।

अदालतमा बुझाइएको अभियोग पत्र । जहाँ रामकुमार गिरीले झुटो बेलेको पोलिग्राफ रिपोर्ट समेत उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसका दर्जन बढी नेता सोही वडाका रहेका छन भने माओवादीका नेताहरू पनि सोही वडामा छन तर उनीहरू वृद्धभत्ताको विषयमा बोल्न चाहिरहेका छैनन् । गिरीले आफ्नो एक्लो योजनामा मात्रमा पैसा चोर्न नसक्ने भएकाले त्यसमा अरूको मिलेमतोको खोजी प्रहरीले गरिरहेको छ । प्रहरीले रातिमा ढोका खोलेर गरिएको गतिबिधिहरू नाटकमात्र रहेको निष्कर्ष निकालेको छ । गत चैत्र २४ गते पञ्चकन्या गाउँपालिकाबाट वृद्धभत्ताको ५० लाखसहित ५३ लाख रूपैयाँ चोरी भएको प्रचार गरिको थियो ।

चोरीको विषयमा मसिनो ढंगले अनुसन्धान गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई हदैसम्मको लापरबाही गरेको भन्दै कारबाही गर्दै मन्त्रालय तानेर जगेडामा राखेको छ । मन्त्रालयले चोरीमा उनकाे मिलेमतो रहेको देखिएको निष्कर्ष निकालेको छ ।  १० लाख भन्दा बढी नगद झिक्न नपाउने र केन्द्रीय र स्थानीय सरकारको नीति अनुसार सामाजिक सुरक्षाको भत्ता सीधै बैंक खातामा पठाउने अभ्यास थालिसकेको अवस्थामा योजनावद्ध ढंगले वृद्ध भत्ताको पैसा लुटेर चोरीको नाटक मञ्चन गरिएको भन्दै स्थानीयले बिरोध जनाइरहेका छन ।

यो पनि पढ्नुहोस्

बृद्ध भत्ता चोरी प्रकरणः पुडासैनीलाई कारबाही स्वरूप जिम्मेवारी खोसेर मन्त्रालय तानियो

-बृद्ध भत्ता चाेर खोज्न संघीय मामिला मन्त्रालयको टोली नुवाकोट जाँदै

-बृद्ध भत्ता चोरीमा संलग्नको प्रतिरक्षामा माओवादी नेता हितबहादुरको विज्ञप्ति

-नुवाकोटको पञ्चकन्यामा गाउँपालिका प्रमुखकै मिलेमतोमा बृद्ध भत्ताको ५३ लाख चोरी

बृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका प्रशासकीय अधिकृतलाई मन्त्रालय तानेर निलम्बन गरिदैँ

-बृद्ध भत्ता चोरी प्रकरणः महासंघद्धारा पत्रकारलाई धम्की दिने गाउँपालिका प्रमुखको निन्दा

-वृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका अध्यक्षमाथि कारवाही गर्न माग

प्रकाशित मिति : ५ असार २०७८, शनिबार २१:००