१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कांग्रेस सभापति देउवाको डरलाग्दो ‘टिपेक्स काण्ड’ बाहिरियो, फाइल सर्वोच्च अदालतमा


४ असार, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टिपेक्स काण्ड बाहिरिएको छ । प्रधानमन्त्रीमा दाबी गर्दे जेठ ७ गते राष्ट्रपति कार्यालयमा पेश गरेको सांसदहरूको सूचीमा टिपेक्स लगाएर त्यसपछि विवरण लेखेको खुलासा भएको छ । ब्रेकलिंक्सले यसको खुलासा गरेको छ । अर्कै प्रयोजनका लागि गरिएको माइन्युटमा माथिको विवरणमा टिपेक्स दलेर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको खुलासा भएको हो ।

देउवाले प्रधानमन्त्री बन्न पाउँ भन्दै गत जेठ ७ गते राष्ट्रपति कार्यालयमा १४९ जनाको हस्ताक्षर बुझाउनु भएको थियो । देउवाले टिपेक्स लगाएर त्यसमाथि लेखेको, केरमेट गरेको र कार्यक्रमको उपस्थितिलाई नै प्रधानमन्त्रीका लागि समर्थन भनेर बुझाएको खुलासा भएको हो । बिहीबार राष्ट्रपति कार्यालयले देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेको पत्र सर्वोच्च अदालतमा पठाएपछि टिपेक्स काण्ड बाहिरिएको हो ।

टिपेक्स लगाएर प्रधानमन्त्रीमा दाबी गर्नुभएको देउवाका लागि प्रधानमन्त्रीमै १४६ ले समर्थन दिएका होइनन भन्ने पष्ट बुझ्न सकिन्छ । निवेदनमा हस्ताक्षर समेत लगातार देखिएको छैन । देउवाले प्रस्तुत गरेको दाबीमा सुरुमा कांग्रेस सभापति शेरबहादुर देउवाले लेखेको निवदेन र हस्ताक्षर छ। त्यसपछि लगातार हस्ताक्षर छैन। देउवाको हस्ताक्षरपछि उक्त पृष्ठको एकतिहाइ जति पृष्ठ खाली छ। त्यसपछि अर्को पेजमा कांग्रेसका ६१ जना सदस्यको नाम छ। विस्तृतमा ब्रेकलिंक्समा हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार २०:२७