१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

खेलमा सुधार गर्न एन्फा र सरकारले खेलाडीलाई व्यस्त बनाइराख्नुपर्छः कप्तान चेम्जोङ


कतार विश्वकप छनोट र एसियन कप छनोटमा नेपालले कुवेत भ्रमण गरेर आइतबार साँझ नेपाल फर्किएको छ । अघिल्ला भ्रमण भन्दा यो पटकको भ्रमण उपलब्धिमूलक रहेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले बताएका छन् । काठमाण्डौमा सोमबार न्यूज एजेन्सी नेपाल सँग कुरा गर्दै कप्तान किरण चेम्जोङलेद विगतमा भन्दा राम्रो प्रदर्शन गरेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले बताएका छन् ।

सधै रक्षात्मक रणनीति अपनाउने नेपालले यो भ्रमणमा आक्रामक खेल्न सक्छ भन्ने उदाहरण दिएको कप्तान चेम्जोङले बताए । समूह तालिकाको चौंथो स्थानमा रहँदै कतार विश्वकप छनोट यात्रा समाप्त हुँदा २०२३ चीनमा एसियन कपको झिनो आशा प्लेअफमात्रै बाँकी छ । तटस्थ स्थल कुवेत भ्रमण गरेको नेपालले कोरोना महामारी नेपालमा हुँदैनथ्यो भने नेपालले कुवेत भ्रमण गरेका खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नेपाल दर्शक माझ खेल्ने थियो ।

कुवेतका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टोली सम्हाले पनि विगतको खेल्ने शैली भन्दा फरक देखियो । साथै प्रशिक्षक अलमुताइरीले नेपाली टोली कुवेत भ्रमण गर्दा बलिया टोलीसँग पनि नेपालले प्रतिस्पर्धात्मक खेल देखाउन सक्छन् भन्ने मानसिकता थपिदिएका छन् । नेपाल फर्किए पछि नेपाली टोलीका कप्तान किरण चेम्जोङले न्यूज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्ता (सम्पादित अंश) ।

कुवेत भ्रमण समग्रमा कस्तो रह्यो ?

कुवेतको तीन वटै खेल हेर्दा, टिमले धेरै सकारात्मक खेल देखेको छु । टिममा गएपछि सुधारिएको खेल देखेको छ । सकारात्मक र नकारात्मक दुबै पक्षलाई नियाल्नु पर्छ । सकारात्मक कुराहरुलाई ध्यान दिनु पर्छ । विशेष हामीले हाम्रो बलियो पक्षलाई केलाउँदै अगाडि बढ्नु पर्छ । आउँदा दिनमा सकारात्मक विषयमा विशेष ध्यान दिनु पर्छ । यसरी नै अगाडि बढ्दा नेपालको फुटबल विककासले गति लिन सक्छ ।

चाइनिज ताइपेइसँगको खेलमा हामीले विगतको नतिजालाई निरन्तरता दिन सक्यौं । जोर्डन र अस्ट्रेलियासँगको खेलमा भने विगतको नतिजालाई क्रमभंग गर्ने लक्ष्य पूरा हुन सकेन । नसक्नुमा हामी कहाँ चुक्यौं ?

पहिलो खेल चाइनिज ताइपेइसँग थियो । ताइपेइको घरेलु मैदानमा खेल्न जाँदा त्यो समयमा टोली निकै बलियो । दोस्रो लेगमा पनि सुखद नतिजा निकाल्न हामी पूर्ण रुपमा तयार थियौं । कुवेत जानु अघि इराक भ्रमण गरेर लिएको उपलब्धिले हाम्रो मनोबल बढ्यो । पहिलो खेल चाइनिज ताइपेइसँग थियो । तयारी राम्रो भएकाले नतिजालाई निरन्तर दिन सक्यौं । भ्रमणमा रहेका कोच र एसिस्टेन्ट कोचले हाम्रो खेललाई राम्रोसँग नियाल्नु भएको थियो । उनीहरुको खेललाई पनि । जित्नुको विकल्प हामीलाई थिएन । सोही अनुसार कोचले दिएको निर्देशनलाई खेल अवधि भर पालाना ग¥यौं । पेनाल्टीबाट अग्रतालिएसँगै खेलाडीमा हौसाल मिल्यो । पछि दोस्रो गोल पनि निश्कयो ।

बलमा पकड जमाउँदै दबाब दिएर खेल्यौं । राम्रो खेल्यौं । दोस्रो खेल जोर्डन खेल उसैको मैदानमा खेलेका थियौ । टफ म्याच थियो । पहिलो खेलमा गोलको मार्जिन धेरै लागेको थियो । पहिलो खेलमा पेनाल्टीबाट हामी पछि परेका थियो । दोस्रो लेगमा पनि सोही अवस्था भयो । नचाहँदा नचाहँदै गल्ती भयो । मानवीय त्रुटि र फुटबलको पाटो हो । ोर्डनसँगको खेलमा पनि पुरानो गल्ती भयो । सामान्य गल्तीले खेल गुमाउन पुग्यो । सुधारको प्रयास गरे पनि अलमलमा प¥यौं । यद्यपि जोर्डनसँगका कमजोर पक्ष केलाउँदै खेल्ने प्रयास गरे पनि सफल हुन सकेनौं । अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रिएका थियौं । ३–० ले नै हार्ने सोच थिएन तर खेलमा सोही नतिजा दोहोरियो । समग्रमा प्रदर्शनले राम्रा गरेका हौं ।

एसियाली पावर हावस र विश्वकपको अनुभव लिएको अस्ट्रेलियासँगको खेललाई कसरी नियाल्नु भयो त ?

अस्ट्रेलियासँग पहिलो लेग नै टप टोली र खेलाडीसँग खेल्न पाउनु हाम्रो लागि मौका रह्यो । पहिलो खेल भन्दा दोस्रो लेग फरक थियो । पहिलो लेगमा फिल्ड सेयर गर्न पाउनु हामीलाई उपलब्धिमूलक थियो । पहिलोमा हामी अनुभव बटुल्ने लक्ष्यमा थियौं भने दोस्रो लेगमा प्रतिस्पर्धात्मक फुटबल खेल्ने लक्ष्य राखेका थियौं । सोही अनुसार तयारी पनि गरेका थियौं । पहिलो हाफमा १० खेलाडीमा सिमित भए पनि सम्रग टोली एक बनेर बनेर खेल प्रदर्शन गर्न सफल भयौं ।

वान म्यान डाउनमा पनि हामीले बलियो अस्ट्रेलियालाई रोक्यौं । अस्ट्रेलियासँगको खेलमा टिम मेट्सले गरेको प्रदर्शनमा निकै सन्तुष्ट छु । तारिफ गर्न चाहन्छु । देशका लागि मरेर खेलेका थिए । तारिफ योग्य खेल रह्यो । राम्रो खेले । अस्ट्रेलियासँगको दोस्रो लेग पनि राम्रो भयो । सुखद नै मान्नु पर्छ । एसियाको पावर हाउससँग खेल्न पाउँदा हाम्रो लागि अनुभव भयो ।

आउँदा दिनमा अब अन्य एसियाका पावर हाउससँग खेल्नु पर्छ र पाउँ भन्ने हाम्रो अपेक्षा छ । कोरिया, जापान, इरान जस्ता टोलीसँग खेल्न पाउँ । नतिजा जे होला केही फरक पर्दैन । पहिलो खेल गुमाए पनि दोस्रो खेलमा सुधारका अवसर पाउँछौं । यसरी आउँदा दिनमा बलियो टोलीसँग खेल्न पाउँदा नेपाली फुटबलको स्तर सुधारिन्छ भन्ने मेरो विश्वास छ । जितका लागि खेल्नु भन्दा पनि अनुभवलाई यस्ता खेलले सुधारका लागि धेरै सहयोग गर्छ ।

सधै हार्छ भन्ने आंकलन भए पनि नेपालले पनि प्रतिस्पर्धात्मक फुटबल खेल्न सक्छ भन्ने सन्देश विश्व भर जान्छ । ठूलो अन्तरले हारेको भए पनि दोस्रो पटक आमने सामने हुने अवसर पाउँदा सुधारिएको खेल देखायो भन्ने सन्देश दिन सक्छौ भन्ने अस्ट्रेलियासँगको खेलले प्रमाणित गरेको छ । अस्ट्रेलियाको प्रशिक्षकले पनि हाम्रो खेलको तारिफ गरेका छन् । अब यस्तै बलियो अस्ट्रेलियासँग आउँदा दिनमा पनि खेल्न पाए स्कोर गर्न सकिन्छ भन्ने विश्वास छ । समग्रमा अन्तिम खेल पनि राम्रो मान्छु ।

छोटो समय टोलीलाई सम्हालेका प्रशिक्षक अल्मुताइरीको रणनीति भ्रमणमा सफल भएको हो ? अनि यस्तो सम्भव कसरी भयो ?

कोचले मात्र सम्भव हुँदैन । टोलीले युनाइटेड खेल देखाउँदा नतिजा निक्लने हो । कोचको निर्देशनले धेरै अर्थ राख्छ । नयाँ कोचले वे देखाउने हो । नेपाली टोलीलाई सम्हाल्नु भएका नयाँ प्रशिक्षक अबदुल्लाहले सबै खेलाडीको माइन्डमा ‘वि क्यान प्ले फुटबल’ भरिदिनु भएको छ । यस्तो वातावरण सबै खेलाडीको दिमागमा राख्दिनु भएको छ । जति बलियो प्रतिद्वन्द्वी भए पनि हामीले फुटबल खेल्न सक्छौं भन्ने मानसिकता भरदीनु भएको छ । नतिजा जे पनि एट्याकिङ फुटबल खेल्नु पर्छ । उहाँको प्रेरणाले नयाँ खेलाडीमा प्रतिस्पर्धात्मक खेल खेल्न सक्छौ भन्ने मानसिकता विकास भएको छ । युवा खेलाडीमा यस्तो मनसिकता परेको छ ।

अन पिच अफ पिचमा सबै खेलाडीलाई मोटीभेसन दिन सक्नु भएको छ । नयाँ खेलाडीमा फाइटिङ स्प्रिट विकास भएको छ । प्रशिक्षको मात्र भन्दा पनि समग्र टिमको प्रदर्शन रह्यो । प्रशिक्षकको योजना फुटबललाई एक स्टेप माथि लग्ने लक्ष्य रहेको छ । सोही अनुसार उहाँले परिक्षण गर्नु भएको छ । त्यसका लागि हामीले उहाँलाई साथ दिएका छौं । सोही अनुसार हामीले पालना गरेका छौ ।

विगतको भन्दा फरक शैलिको फुटबल प्रदर्शन गरेको नेपालले एट्याकिङ फुटबल खेलेको छ । युवा खेलाडी र पाका खेलाडी पनि टोलीमा रहेका छन । आउँदा दिनमा नेपाली टोलीले कुवेत भ्रमणमा गरेको प्रदर्शनलाई निरन्तरता दिन कस्तो किसिमको योजना आवश्यक छ ?

खेलाडीहरु वर्ष भरिनै व्यस्त हुनु प¥यो । व्यस्त तालिका पनि हुनु पर्छ । शीर्ष डिभिजनका लिगहरु निरन्तर हुनु प¥यो । पहिलो पटक फ्रेन्चाईज फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न एनएसलले खेलाडीमा राम्रो सन्देश दिएको छ । खेलाडीलाई एनएसएल राम्रो भएको छ । यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई ब्यस्त र अवसर खेज्नका लागि निकै मद्दत गरेको छ । लिग हरु लामो समय सम्म हुनु पर्छ । व्यवसयिक हिसाबले लिगहरु सञ्चालन हुनु पर्छ । राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय भ्रमण गराएर ब्यस्त गराउनु पर्छ ।

फुटबल खेलाडीलाई फुटबलमा नै व्यस्त बनाउनु पर्छ । हामी भन्दा माथिल्ले र तल्लो स्तरको देशहरुसँग बारम्बार मैत्रिपूर्ण खेल धेरै भन्दा धेरै मिलाएर खेलाडीलाई धेरै अनुभव दिनु पर्छ । सबै भन्दा ठूलो कुरा खेलाडीलाई व्यस्त राख्नु पर्छ । खेलाडीलाई फुर्सद हुने किसिमको वातारण भन्दा पनि व्यस्त बनाउँदै फुटबल मात्र सोच्न वातारण जरुरी छ । यसले गर्दा नेपाली फुटबलको नतिजा राम्रो हुन्छ । खेलाडीका लागि पनि यस्ता योजनाले हौसला मिल्छ । ठूलो टोलीसँगको पटक पटक खेल्न पायौं भने अवस्य नै हामीले सुधाएिको खेल देखाउँन सक्छौं । कमी कमजोरीहरुलाई नियाल्न सक्छौ । अनुभव हुन्छ, पहिलो, दोस्रो अनि तेस्रो खेलमा सुधार अवस्य देखिन्छ । यसरी नै फुटबल सुधार गर्न सकिन्छ ।

नेपालको तुलनामा विदेश तिर लामो समय सम्म लिग सञ्चालन हुन्छ । एन्फा र नेपाल सकरकारले खेलाडीलाई व्यस्त बनाइराख्ने तालिका बनाउनु पर्छ । बलियो टोलीसँग पटक पटक मैत्रिपूर्ण खेल खेल्दै कमी कमजोरी सुधारदै समग्र खेल सुधारको बाटो अंगाल्न सकिन्छ । समग्रमा भन्नु पर्दा खेलाडीलाई व्यस्त राख्नु पर्छ, अन्तर्राष्ट्रिय भ्रमण गराउँदै टोलीलाई अनुभव बटुल्ने मौका दिनु पर्छ । ठूलो क्लब, लिग खेल्ने क्लब देखी माथिल्लो स्तरको टोलीसँग खेल्ने अवसर धेरे भन्दा धेरै हुनु पर्छ । यस्ता खेलले युवा खेलाडीलाई राम्रा अनुभव हुन्छ र हौसाल पनि मिल्छ । यस्तै यस्तै विषयमा ध्यान दिइयो भने नेपाली फुटबलले विकासको गति छिटै लिन्छ । विकास गर्न मद्दत गर्दछ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार ०९:१९