१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

विश्वकपको सेमिफाइनलका खेल आजदेखि, फाइनल प्रवेशका लागि बेल्जियम र फ्रान्स प्रतिस्पर्धा गर्दै


२६ असार, काठमाडौँ । फिफा विश्वकप फुटबल २०१८ को सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने दुई बलिया टिमको खेल राति पौने १२ बजेट सुरु हुनेछ । फ्रान्स र बेल्जियम अहिलेसम्म ७४ पटक एकअर्काविरुद्ध मैदानमा उत्रिएका छन ।

फ्रान्सले अन्तर्राष्ट्रय स्तरमा सबैभन्दा धरैपटक खेलेको टिम नै बेल्जियम हो । तर विश्वकपमा भने यी दुई टिम मात्र दुई पटक खेलेका छन । जसमा दुबैपटक फ्रान्स विजयी भएको छ ।

सन् १९८४ को युरोपियन च्याम्पियनसिपमा फ्रान्सले बेज्लियमलाई पाँच शून्यले हराएको थियो । अहिलेसम्मका खेलमा बेल्जियम ३० पटक जितेको छ भने २४ पटक फ्रान्स विजयी भएको छ ।

प्रकाशित मिति : २६ असार २०७५, मंगलवार ०७:५९