८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

स्पेनिस स्टार राफायल नाडाल सात वर्षपछि विम्बल्डन टेनिसको क्वाटरफाइनलमा


२६ असार, काठमाडौँ । स्पेनिस स्टार राफायल नाडाल सन् २०११ पछि विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको तेस्रो चरणको खेलमा चेक गणतन्त्रका जेरी भेसेलीलाई तीन सेटमा हराउदै विश्व नम्बर दुई नाडाल अन्तिम आठमा प्रवेश गरे ।


दुई पटकको विजेता नाडालले अब पाँचौ बरियताका अर्जेन्टिनी जुवान मार्टीनसंग खेल्ने छन् । जितसँगै ३२ वर्षीय नाडालले ७ वर्षपछि विम्बल्डन टेनिसको क्वाटरफाइनलमा स्थान बनाएका छन् । नाडालले यसअघि सन् २०११ मा क्वाटरफाइनल यात्रा तय गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७५, मंगलवार ०७:४८