४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

बृद्ध भत्ता चोरीमा संलग्नको प्रतिरक्षामा माओवादी नेता हितबहादुरको विज्ञप्ति


३० जेठ, नुवाकोट । नेकपा माओवादी केन्द्रका नेता एवं नुवाकोट क्षेत्र नम्बर १ का पूर्व सांसद हितबहादुर तामाङले पञ्चकन्या गाउँपालिका वडा नम्बर २ बाट चोरिएको वृद्ध भत्ताको विषयमा दैनिकीमा समाचार प्रकाशन भएपछि प्रत्यक्ष संलग्नता देखिएका प्रशाशकीय अधिृकत नरेश पुडासैनी र अप्रत्यक्ष संलग्नता देखिएका गाउँपालिका प्रमुख तेजबहादुर तामाङको प्रतिरक्षामा विज्ञप्ति नै जारी गर्नुभएको छ ।

गाउँपालिकले धम्कीपूर्ण विज्ञप्ति जारी गर्नु केही घण्टा अगावै सरोकार समेत नभएको विषयमा तामाङले विज्ञप्ति निकालेर समाचारमा गाउँपालिका प्रमुख र प्रशासकीय अधिकृतको नाम जोडिएकोमा दुःख प्रकट गर्नुभएको छ । चैत २४ गते रकम चोरी भएपछि एक पटक पनि नबोल्नुभएका तामङले दैनिकीमा समाचार प्रकाशित भएपछि भने हतार हतार विज्ञप्ति नै जारी गर्नुभएको छ । चोरीको घटनाको बारेमा छानविन समिति नै बनाएर अनुसन्धान गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि तामाङको विज्ञप्ति रहस्यम भएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

-नुवाकोटको पञ्चकन्यामा गाउँपालिका प्रमुखकै मिलेमतोमा बृद्ध भत्ताको ५३ लाख चोरी

बृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका प्रशासकीय अधिकृतलाई मन्त्रालय तानेर निलम्बन गरिदैँ

-बृद्ध भत्ता चोरी प्रकरणः महासंघद्धारा पत्रकारलाई धम्की दिने गाउँपालिका प्रमुखको निन्दा

-वृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका अध्यक्षमाथि कारवाही गर्न माग

तामाङले आफूले सुनेको आधारमा घटनाको विवरण पेश गर्दै चोरीको घटनालाइ राजनीतिकरण गर्न खोजिएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ ‘जेष्ठ २६ गते प्रकाशन भएको दैनिकी नाम गरेको उक्त अनलाइनको समाचारमा गापा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको घटनामा सम्पन्नता रहेको र साढे २ महिनापछि मात्रै घटना सार्वजनिक गरेकोे भन्ने कुरा उल्लेख गर्नुले घटनालाई निष्पक्ष र स्वतन्त्र रुपले छानबिन गर्न वातावरण बनाउनक‍ लागि सहयोग गर्न नभई घटनालाई अनावश्यक राजनीतिकरण गरि अन्यत्र मोड्ने तथा समयमै रकम प्राप्त गर्न नसकिरहेका पीडित जनसमुदायलाई थप भ्रम फैलाउने र मुख्य अपराधीलाई जोगाउने उदेश्यद्वारा प्रेरित छ भन्ने अनुभुती भएको छ।’

तामाङले मन्त्रालयले गरिरहेको अनुसन्धानबाट प्राप्त भएको तथ्यका आधारमा प्रकाशित समाचारमा राजनीति देख्नु र तथ्यमा आधारित समाचारले अपराधी जोगाउन खोजेको भन्नुको तात्पर्य के हो भन्ने खोजीको विषय बनेको छ । बृद्धबृद्धाले भत्ता नपाउँदा नोबोल्ने, उनीहरूको रकम चोरी हुँदा नबोल्ने, लामो समयसम्म घटना लुकाउँदा नबोल्ने तर तथ्यका आधारमा प्रशाशकीय अधिकृतको संलग्नता देखिएको कुरा सार्वजनिक भएपछि अपराधी जोगाउन खोजिएको भन्दै विज्ञप्ति जारी हुनुले तामाङ अपाराधि पत्ता लगाउन हो कि संरक्षमा हो भन्ने दुबिधा सिर्जना भएको छ । तामाङको विज्ञप्ति तल पढ्न सक्नुहुन्छ । 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार ११:४९