६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

एक महिलाले एकै पटकमा जन्माइन १० शिशु, नयाँ विश्व रेकर्ड कायम


२६ जेठ, काठमाडाैँ । दक्षिण अफ्रिकाकी एक महिलाले १० शिशुलाई जन्म दिनुभएको छ । दक्षिण अफ्रिकामा अहिले सम्मको अनौठो घटना हो। ३७ वर्षिय गोएसामे थामेरा सिथोलाले सोमबार ७ छोरा तीन छोरीलाई जन्म दिनुभएको हो । सिथोलाका श्रीमानले आफु १० सन्तानको अभिभावक बनेकोमा खुसी भएको बताउनुभयो ।

उहाँ आफ्नी श्रीमतीले १० बच्चालाई राम्रोसँग जन्म दिएकोमा खुसी र भावुक दुबै हुनुभएको थियो । यसअघि पनि सिथोलाले जुम्ल्याहा सन्तानको जन्म दिनुभएको थियो । यससँगै सिथोलाले एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड कायम गर्नुभएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १४:५४