१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एमाले एकता समाधानको एउटै बाटो दशाैँ महाधिवेशनको तयारी


-अर्जुन पाण्डे

नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले एकताको निम्ति आह्वान गर्नुभएपछि दोश्रो तहका नेताहरु यतिबेला पुनः बार्तामा व्यस्त रहेको खवर छ । अहिले एक पक्षले अर्को पक्षसँग गर्ने गुनासाहरु, सिकायतहरु के के होलान भन्ने कौतुहल कसैलाइ छैन ।

किनकी यो बार्ता पहिलो हैन, र नयाँ पनि होइन । यहाँ मुलतः दुई ठाउँमा हलो अड्किएको देखिएको छ । एउटा पार्टीलाई ०७५ जेठ २ गतेको अवस्थामा फर्काउने, आर्को देउवालाई प्रम बनाउनेदेखि सर्बोच्च अदालतसम्म गरिएका हस्ताक्षर फिर्ता लिने ।

पहिलो काम अध्यक्षको आह्वानमा आइसकेको छ । यसमा विवाद गर्न त सकिन्छ तर तार्किक हुन सक्दैन । किनकी फागुन २३ को सर्बोच्चको फैसलाले दुई पार्टीलाई बिउँताइदियो भन्ने कुरा छ, त्यो वास्तवमा सही होइन । दुई पार्टीलाई पुरानै अवस्थामा फर्काएको भन्न मिल्दैन । यो त केवल नाम जुधेर दर्ता खारेज भएको हो र फेरी १५ दिन भित्र आर्को नाम लिएर आउ भनेकै थियो ।

दुई पार्टीको एकता भंग भयो है भनेर त फैसलाले पनि भनेन । पार्टी एकता कायमै छ, मात्र नाम जुध्यो अर्को नाम लिएर आउ भनेको सम्म हो । याहाँ दुई पार्टी आफै पुनः आफ्नो पुरानो घर सम्हाल्न आतुर भएर दुई तिर दौडेका हुन् । फेरी प्रथम अध्यक्षले अर्को नाम लिएर जाने भए जाउँ भन्न दोश्रो अध्यक्षलाई फोन गरेकै हो । आर्थात पार्टी एकता प्रकृबाट दोश्रा अध्यक्ष र केही नेताहरु अनिच्छुक भएर विमुख भएका हुन् । जो जो एकता प्रकृयामा सकृय, र प्रतिबद्ध थिए तिनले के गर्ने ? ति स्वभावैले प्रथम अध्यक्ष जहाँ छन् त्यही रहने हो । यहाँ यो पक्ष उ पक्ष भन्ने भएन ।

नेकपाका एकता पक्षधरहरु प्रथम अध्यक्षको साथमा रहेका हु्न् जो अझै छन् । यहाँ को माओवादीबाट आयो ? को एमालेका हुन् ? यसले महत्व राख्दैन । एकता मजबुत पार्न एकै ढिक्का भै बसेकालाई नाम एमाले हुँदैमा क्यै फरक परेन । नेकपाको एकता पक्षधर जो एक ढिक्का थिए तिलाइ कुनै पनि आसयले फुटाएर पन्छाउन नैतिक रुपले नै मिल्दैन । हो, असन्तुष्ट पक्षको हलो अड्किएको यहीँनेर हो । उनिहरु भन्दैछन् एकता प्रकृयामा सकृय रहेको ढिक्को पनि फुटालौं । यो सरासर अनुचित छ । बरु एमालेकै पनि केही नेताहरु केही दिन पार्टी सम्पर्कमा थिएनन् । उनीहरु कता हराएका थिए ?

खासमा ऐन मौकामा अरुको लहैलहैमा भाडिएर घर छोडि हिँड्दा पनि घर फर्केर आउँदा आफ्नो घरलाई अझ मजबुत बनाइराखेकोमा सबैलाई धन्यवाद दिनु पर्ने हो । फेरी आर्को कुरा अब दशाैँ महाधिवेशन आउँदैछ । त्यहाँ सबैले आआफ्नो क्षमता र योग्यता देखाउने, कार्यकर्ताको मन जित्ने, आर्को कार्यकालको निम्ति नेतृत्वमा आउन सकिहालिन्छ । कम्युनिष्ट पार्टीका नेता भन्ने तर महाँधिवेशन भन्ने वित्तकै तिघ्रा कमाउने हो भने यस्तो नेतृत्वले अब पार्टी हाँक्न सक्दैन ।

हलो अड्किएको आर्को ठाउँ भनेको सर्बोचमा बुझाएको हस्ताक्षर हो जसलाई एउटा बक्तव्य दिएर त्यसमा आफ्नो सहमति नरहेको जानकारी दिन सकिएला । अदालतमा विचाराधिन मुद्धालाई फिर्ता लिन सायद मिल्दैन किनकी त्यो मुद्दामा अरु पनि छन् । तसर्थ, अब गर्ने के त ? अब गर्ने भनेको फागुन ३ अघिको अवस्थामा पार्टीलाई लगीसकेपछि सबै एक भएर आगामी महाधिवेशन गर्ने तैयारीमा लाग्नु नै सहज र तार्किक निकास हो । यति हुँदा पनि आफ्नो पार्टाीको सरकार ढालेर विपक्षिको सरकार बनाउन हस्ताक्षर गर्दै हिँड्ने नेताहरुलाई चुनावमा जान भने फलामको च्युरा हुनेछ । ती कामरेडहरुलाई चुनाव जिताउन कति पापड बेल्नु पर्ने हो त्यै बेला थाहा हुन्छ । फेरी यो न पार्टी अध्यक्षको हातमा छ न कसैको ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १४:१६