८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

केसीको अनसनबाट उब्जेका सवालहरु


–पोष्ट केसी
म गोविन्द कसीलाई नजिकवाट भने चिन्दिन र परिचय पनि भएको छैन । यति मात्र थाहा छ उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्र्तगत महाराजगंज क्याम्पसका अध्यापक हुन, चिकित्सकहरुलाई पढाउछन, हाड जोर्नी सम्वन्धि रोगीहरुको उपचार पनि गर्छन, आपत विपतको बेलामा औषधीमुलो बोकेर दुर दराजका स्थानहरुमा उद्धार र राहत लागि हिडछन, साथै उनी सादगी, त्यागी र सामाजिक व्यक्ति हुन ।

यी सवै कुरा विगत वर्ष देखि पटक पटक उनीले स्वास्थ शिक्षा सुधारका लागि उठाएका विषय तथा सवालहरु र अनसनवाट थाहा पाउने अवसर मिलेको हो । उनको उठाएका माग, त्याग, अडान र तपस्यालाई सलाम गर्नुपर्छ । उनीले कहिले पनि नीजि कुरा गर्दैनन,उनी कहिले पनि नीजि क्लिनिक पनि जादैनन, स्वार्थका लागि कसैलाई उनी धम्काउने, हप्काउने, दप्काउने, बन्दुक उठाउने पनि गर्दैनन, पदका लागि राजनीति पनि गर्दैनन । यदि मात्र गर्छन गरिव र सामाजिक न्यायका लागि शान्तिपुर्ण रुपमा सत्याग्रह भने गर्छन यो अधिकार नेपालको संविधान २०७२ को धारा १७ ले सवै नागरिकलाई दिएको छ ।

लेखकः पोष्ट केसी

डा. गोविन्द केसीको अनसनवाट मेरो मनमा उब्जेका सवालहरुः के गोविन्द केसीले उठाएका मागहरु नजायज छन र ? के गोविन्द केसी व्यक्तिगत स्वार्थका लागि अनसन बसेका हुन र ? के गोन्दि केसीले राजदुत र मन्त्री मागेका छन र ? के तपाई हामी गरिवका लागि आमरण अनसन बस्न सक्छौ ? के गरिवका विद्यार्थीले निःशुल्क शिक्षा पाउनु अपराध हो ? के गरिवका छोरा छोरीले डाक्टर पढन नपाउने हो र ? के गरिव विपन्नहरु उपचार नपाई मर्नुपर्ने हो ? के संघीयता भनेको सिंहदरवार मात्र हो ? के विकास भनेको काठमाडौंको खाल्डो मात्र हो ? के समाजवाद भनेको गरिवले शिक्षा, स्वास्थ र सामाजिक न्याय नपाई मुर्नुपर्ने हो ? के गरिवहरुले सधै अरव र खाडीमा रगत पसिना मात्र बगाउने हो र ? के विकास भनेको गरिवको मुखमा हासो र खुशी बाहेकको विकास हो र ? के प्रगतिवादी र प्रगतिशिल भनेको गरिवलाई शासन र सेवावाट बञिचत गर्नु हो र ? यस्ता थुप्रै कुरा मेरो मनमा उव्जेका छन ः

सार्वजनिक भाषण, सरकार र जनअपेक्षा 
वर्तमान सरकारले जस्तै विगतका सरकार, ज्ञानेन्द्र शाहको सरकार, विरेन्द्र शाहको सरकार, पञ्चायती सरकार, राणा शासन, आदि आदि सवैले भन्ने गरेको हामी नेपाललाई एशीयाली मापदण्ड पु¥याउने देखि रेल, पानी जहाज, आर्थिक वृद्धि दोहोरो अंक, सर्पको हिडाई जस्तो आर्थिक वृद्धि होईन भ्यागुतो उफ्रने आथिक वृद्धि, ५ वर्षमा ५० लाखले रोजगार पाउने जस्ता धेरै सपनाहरु धेरै पटक, पटक पटक जनतालाई बाँडी सके तर विडम्वना नेपालको कुल बजेटको २३ प्रतिशत विकास बजेट मध्ये अहिले ५० प्रतिशत पनि खर्च नभएर नेपाल सरकार र कर्मचारीलाई असिन पसिन भएका छन ।

जनताको दैनिक जीवनमा खासै परिवर्तन आउने सकेको छैन, जनता खुल्ला आकाशमुनि सुतिरहेका छन, विहान स्कुल गएको छोरा बेलुका घर आउछ की आउदैन थाहा छैन । नागरिकहरु अहिले राम्रो बाटो,राम्रो स्कुल,राम्रो स्वास्थ्य सेवा, गुणस्तरीय सार्वजनिक सेवा, भय, डर त्रासवाटमुक्त सुरक्षित जिवन, सामाजिक न्याय, दण्डहिनताको अन्त, वढी सुन्ने कम बोल्ने, काम धेरै गर्ने, भ्रष्टाचारमुक्त शासन, अपराधीलाई सुली, पारदर्शी र जवाफदेशी संयन्त्रको विकास जस्ता कुराहरुको माग गरिरहेका छन । तर सरकार भने कता हो कता.. कुहिरोको काग जस्तो ………ओठे जवाफमा व्यस्त । हो गोविन्द केसीको अनसन र यी माथीका जनजीविकाका सवालहरु विच एकअर्का विच सम्वन्ध छ । लोकतन्त्रमा अनसनलाई सम्मान गरिन्छ तर कमजोरीका रुपमा हेरियो र मुल्यांकन गरियो भने त्यो सवैका लागि प्रतिउत्पादक हुन्छ ।

हामी नागरिकको सरोकार भाषण र नाराहरुसंग होईन हाम्रो सरोकार भनेको गुणस्तरीय शिक्षा र स्वास्थ्य, बिहान वेलुका खानासंग, सामाजिक न्यायका आधार कार्य सम्पादनसंग, कसैलाई जात, भात, भाषा, भेषभुषा, रंग र भेगीय क्षत्रीय रुपमा गरिने विभेदसंग, काम र सम्मानसंग, रक्त पिपासु, भ्रष्टाचारी, अपराधी, यौन दुरचारी, बलत्कारीलाई हदै सम्मको सजायसंग,शान्तिपुर्ण रुपमा विरोध र भेला गर्नसंग हो । यी कुरा नागरिकका मौलिक हक अन्र्तगत पर्ने कुरा हुन, यसलाई यो वा त्यो नभनी निशर्त रुपमा लागु गर्नुपर्छ जो सुकै सरकार आए पनि । लोकतन्त्र भनेको अल्पमतको कदर वहुमतको सदर हो यो कुरा सवैले हेक्का र वुझन जरुरी छ ।

गोविन्द केसीको अनसन र विडम्वना 
यो कस्तो विडम्वनाको कुरा हो गरिव, विपन्नका छोरा छोरीहरुलाई सर्वसुलभ शिक्षा पाउनु पर्छ र दुरदराज बसोवास गरिरहेका गरिव तथा विपन्न रोगी, सुत्केरीहरुलाई सयम मै शिक्षा, स्वास्थ्य सेवा र औषधी उपचारका लागि भनेर डा गोविन्द केसीले १५ औं पटक अनसन बस्नुपर्ने, ६ महिने सरकारमन्त्री तथा प्रधानमन्त्रीसंग वार्ता मार्फत लिखित रुपमा प्रतिवद्धता पनि गर्ने अनि लागु नगर्ने कस्ता चाला हो ? लाज लाग्दैन यिनीहरुलाई । खोलो तरयो, लौरो विर्सियो गर्न मिल्छ, “हो गोविन्द केसी विश्व विद्यालयका प्राध्यापक हुन साथै नेपालका एक स्वतन्त्र नागरिक पनि हुन ।

नेपालको संविधानले हरेक नागरिकलाई बोल्ने,लेख्ने,विरोध गर्ने,हिडने, कमाउने अधिकार दिएको छ । तर उनले उठाएका मागहरु ३ करोड नेपालीको माग हो यो कुरा बहुमतको सरकार र अन्य भजनमण्डलीहरुले हेक्का राख्नु पर्छ । अहंकार र दम्भलाई त्याग तिमीहरुलाई राम्रो हुन्छ, हाम्रो मतको दुरुपयोग नगर । तिमीहरुलाई भाषण, फुलमाला र अविर लाउन पठाएको होइन, आसेपासे, आउरे बाउरे ,झन्डे, थपडेका कुरा नसुन” यो कुरा वारम्वार नेपाली जनताले भनि रहेका छन । स्मरणरहोस नेपालका तत्कालिन राजाका भजनमण्डलीहरु, आसे, पासे, आउरे वाउरे, झोले झन्डे, थपडे र मण्डले कति थिए के के गर्थे तर नेपालको संविधान भन्दा माथी रहेका राजाले आपनो २ सय ४० वर्षको ईतिहास मेटने गरी राजगद्धी छोडेर नागार्जुनमा जानु परयो कारण आपनै व्यवहार, अहंकार र दम्भले ।

गोविन्द केसीले अनसन बसेर नेपालका सरकारका कुन मन्त्रालय, कुन कार्यालय, कुन मन्त्री, कुन सांसद कुन जनप्रतिनीधि, कुन नागरिक र कुन राजनीतिक दललाई अप्ठयारोमा पारेका छन र यिनी विरुद्ध प्राण जाने गरी हुने नहुने लान्छाना लगाएर लाग्नु पर्ने ? यिनले त राजनीतिक दलहरु र सरकारले विगतका गरेका सार्वजनिक प्रतिवद्धतालाई पुरा गराउनको लागि लोकतान्त्रिक शैली र विधि सहित खवरदारी गरेका छन , माग पुरा नगर त्यो सरोकारको विषय होईन तर उनी एक व्यक्ति मर्लान तर उनले उठाएका विषय र सवालहरु भने पक्कै मर्ने छैन ।

अवको निकाश
म के भन्छु भने कुनै समस्या र सवालहरुमा कुनै मन्त्री, डाक्टर, विज्ञले, सामाजिक अभियान्ता, कर्मचारी, राजनीतिक दल र छिमेकी मुलुकहरुले विज्ञप्ती निकाल्दैमा, कसैले तथानाम गाली गर्दैमा, सार्वजनिक रुपमा बोल्दैमा सवै उठानहरु र सवालहरु गलत र सही हुन्छन जस्तो लाग्दैन । बरु उसले उठाइका विषय र सवालहरु सामाजिक न्यायका हिसावले स्वपक्षिय छन वा जनपक्षीय, गरिवमुखी छन वा धनीमुखी के छन त्यसमा भर पर्ने कुरा हो । एउटा कुरा के हेक्का राख्नुपर्छ भने सवै नागरिकका आ आपनै समस्या र व्यवहार छन । रोजगार, खाना र न्याय नपाए पनि लेख्ने, जुलुस र कार्यक्रममा जाने फुर्सद पनि छैन ।

जव शोषण,दमन, विभेद, अन्याय र अत्याचारले सिमा नाग्छ र विषय र सवालले उसको मुटुमा स्पर्श गर्छ अनि मात्र घर घर वस्ती वस्तीवाट विनास्वार्थ रगत र पसिना बगाउन तत्पर हुन्छ अनि परिणाम राजाको जस्तो चपरीको बास । मेरो सवैमा अनुरोध के छ भने । यो देश हामी सवै नेपाली को हो चाहे त्यो जातजाती,विभिन्न भाषा भाषी,महिला पुरुष, गरिव धनी,दलित, मधेशी, तराई, हिमाल र पहाड बस्ने किन नहोस लोकतन्त्र पनि सवैको अथक प्रयासवाट आएको हो ।

नागरिकलाई को प्रधानमन्त्री र मन्त्रीभन्दा पनि उसले भोगेका समस्या र सवालहरु कतिहदसम्म समाधान भए सोसंग सरोकार राख्छ । गोविन्द केसीको माग व्यक्तिको होईन यो पिडितहरुको माग हो, सवै गरिवहरुको हो त्यसैले सरकार र अनसनकारी जिम्वेवारी र लचकताकासाथ एउटै टेवलमा बसेर वार्ता, सहकार्य र छलफलवाट समस्याको समाधान खोज्नु आवश्यक छ, अहंकार दम्भवाट होइन ।

प्रकाशित मिति : २५ असार २०७५, सोमबार १५:२६