१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

डा गोविन्द केसी कहाँबाट परिचालित छन ? दोहरो चरित्रले बद्नाम अनसन


–डा सुन्दरमणि दीक्षित

डा. केसीका बारेमा मिडियामा एकतर्फी कुरा मात्र आईरहेको छ । यसमा कसैको चलखेल छ कि भन्ने आशंका छ । डा. केसी कहाँबाट परिचालित छन् भन्ने प्रश्न उठेको छ । अब त्यसको पनि खोजी हुनुपर्छ ।

म पनि एक चिकित्सक हुँ । मेरो पेशाप्रति म जिम्मेवार हुनुपर्छ । विरामीको सेवा गर्ने मेरो दायित्व हो । त्यसैगरी डा. गोबिन्द पनि चिकित्सक हुन् र उनको पनि विरामीप्रति उत्तरदायित्व छ । सरकारी तलब खाएपछि उनको दायित्व पढाउने, अप्रेशन गर्ने, संस्थाको ईज्जत माथि उठाउने, नयाँ नयाँ अनुसन्धान गरेर विद्यार्थीलाई अब्बल बनाउने उनको दायित्व हो । तर, उनी विगत ५ वर्षदेखि के गर्दैछन् त भन्दा आन्दोलन गर्ने, अनसन बस्ने र विद्यार्थीहरुलाई पनि आन्दोलन गर्न सिकाउने काम गरिरहेका छन् । सरकारी तलब खाएर अहिले सम्म उनले कति रिसर्च गरे ?, कति विरामीको अप्रेशन गरे ? विद्यार्थीलाई राम्रो डाक्टर बनाउने कि मण्डलामा गएर आन्दोलन गर्न सिकाउने ?

माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्न मिल्दैन भनेर भन्ने अनि आफैले थप मेडिकल कलेज खोल्न नपाईने भनेर सिन्डिकेट गर्न खोज्ने ? उनी कहाँबाट सञ्चालित छन् भन्ने प्रश्न उठेको छ । सरकारी तलब खाएर सरकारकै विरुद्ध आन्दोलन गर्न मिल्दैन । आन्दोलन गर्ने हो भने पहिला पदबाट राजीनामा गर्नु पर्यो । मैले पनि ०४६ सालको आन्दोलनमा सक्रिय सहभागी हुँदा बीर अस्पतालको जागीरबाट राजीनामा गरेको थिए ।

डा. केसी अर्थोपेडिक डाक्टर हुन् । तर उनले के टिचिङ अस्पतालको आफ्नै विभागको स्तर माथि उठाउन सकेका छन् त ? डा. अशोक बाँस्कोटाहरुले निजी क्षेत्रबाट त्यति राम्रो काम गरिरहेका छन् तर केसीले के गरेका छन् ? चिकित्सा क्षेत्रको स्तर सुधारको कुरा गर्ने हो भने पहिला आफ्नै विभागको स्तर माथि उठाउन सक्नु पर्यो नि ? ख्वै त त्यो केही देखिदैन ।

अनसनको नाममा देशभरका अस्पताल बन्द गर्न लगाएर उनले के विरामीप्रति न्याय गरिरहेका छन् त ? उनको कारण अस्पताल बन्द भएर विरामी उपचार नपाएर मर्न बाँध्य भईरहेका छन् । यो नागरिकको मानवाधिकारको ठाडै उल्लंघन हो कि होइन ? यतातिर मिडिया, नागरिक समाजले किन मुख खोल्दैनन् ?

५ वर्ष अघिदेखिको मुद्दा अहिले उठाएर उनले मुलुकको परिवर्तनलाई नकार्न खोजिरहेको देखिन्छ । ५ वर्ष अघि उनले जुन मुद्दा उठाए, त्यो अहिले काम नलाग्ने भईसक्यो । यसबीचमा मुलुकमा संघीयता कार्यान्वयनमा आएर तीन तहको सरकार गठन भईसकेको छ । शिक्षा र स्वास्थ्यलाई प्रदेश र स्थानीय तहको जिम्मा लगाईएको छ भने कुन प्रदेशमा कति मेडिकल कलेज खोल्ने वा नखोल्ने अधिकार प्रदेशको हो नि ? अनि डा. केसीले संविधानको यो अधिकारलाई रोक्न मिल्छ ? यसरी उनले संविधानको उल्लंघन गरिरहेका छन् । उनको यो मुद्दाका कारण करोडौ डलर विदेशि रहेको छ । विद्यार्थीहरु बाँध्य भएर विदेशमा डाक्टर पढ्न जानु परिरहेको छ ।

अनसनको नाममा देशभरका अस्पताल बन्द गर्न लगाएर उनले के विरामीप्रति न्याय गरिरहेका छन् त ? उनको कारण अस्पताल बन्द भएर विरामी उपचार नपाएर मर्न बाँध्य भईरहेका छन् । यो नागरिकको मानवाधिकारको ठाडै उल्लंघन हो कि होइन ? यतातिर मिडिया, नागरिक समाजले किन मुख खोल्दैनन् ? माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्न मिल्दैन भनेर भन्ने अनि आफैले थप मेडिकल कलेज खोल्न नपाईने भनेर सिन्डिकेट गर्न खोज्ने ? उनी कहाँबाट सञ्चालित छन् भन्ने प्रश्न उठेको छ ।

सरकारी तलब खाएर सरकारकै विरुद्ध आन्दोलन गर्न मिल्दैन । आन्दोलन गर्ने हो भने पहिला पदबाट राजीनामा गर्नु प¥यो । मैले पनि ०४६ सालको आन्दोलनमा सक्रिय सहभागी हुँदा बीर अस्पतालको जागीरबाट राजीनामा गरेको थिए । अनि डा. बाबुराम भट्टराईलाई पनि थाहा हुनुपर्ने हो कि प्रोफेसन मान्छेले आफ्नो प्रोफेसन गर्नुपर्छ । आफ्नो प्रोफेसन नगर्ने डा. केसीलाई बाबुृरामले साथ दिन सुहाउँछ ? खैर उनले त पार्टी नै खोलेका छन् ।

सरकारी तलब खाएपछि उनको दायित्व पढाउने, अप्रेशन गर्ने, संस्थाको ईज्जत माथि उठाउने, नयाँ नयाँ अनुसन्धान गरेर विद्यार्थीलाई अब्बल बनाउने उनको दायित्व हो । तर, उनी विगत ५ वर्षदेखि के गर्दैछन् त भन्दा आन्दोलन गर्ने, अनसन बस्ने र विद्यार्थीहरुलाई पनि आन्दोलन गर्न सिकाउने काम गरिरहेका छन् ।

अनि अर्को कुरा, डा. केसीले दोहरो चरित्र देखाएका छन् । आफ्नो नागरिकतामा फरक फरक जन्ममिति हुँदा चाहिँ त्रुटी भयो भन्ने अनि पूर्व प्रधानन्यायाधिश गोपाल पराजुलीको त्यै कुरा हुँदा धारे हात लाउने उनी नै होइनन् ? डा. केसीको यो दोहरो मापदण्ड हो ।

प्रकाशित मिति : २४ असार २०७५, आईतवार ०९:४१