११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

चिनियाँ खोप ५५ देखि ६५ वर्षकालाई लगाईने


१७ जेठ, काठमाडाैँ । चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखरेलले जानकारी दिनुभयो । यही समयमा नै शिक्षक र सवारी चालकलाई पनि खोपको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ ।

पहिलो डोज खोप जुन लगाएको छ, दोस्रोमा पनि त्यही खोप लगाउनुपर्ने हुनाले चीनबाट ल्याएको खोप विगतमा खोप लगाइसकेका जेष्ठ नागरिकले लगाउन नमिल्ने मन्त्रालयको भनाइ छ । करिब साढे १३ जना ज्येष्ठ नागरिक दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्यांक छ । उहाँहरुलाई बेलायतको एस्ट्राजेनेकाले उत्पादन गरेको खोप लगाउने तयारी भएको पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १४:०४