१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आयोजक रसिया पेनाल्टीमा चुक्दा क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा


२३ असार, काठमाडौँ । आयोजक रसिया पेनाल्टीमा चुक्दा क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले अब फाइनल प्रवेशका लागि इंग्ल्याण्डको सामना गर्नेछ । गएराति भएको खेलमा क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्यो ।

रसियाका फेडर स्लोल्वको पेनाल्टी क्रोएसियाका गोलकिपरले रोकेका थिए । रसियाका गोलकिपर इगर एकिनफिवले क्रोएसियाका मारियो मान्जुकिजको पेनाल्टी रोक्दै टिमलाई अवसर दिए । तर, रसियाका मारियो फर्नान्डेजको पेनाल्टी सही दिशा नै लिन सकेन । इभान र्याकिटिकले गोल गर्दै क्रोएसियालाई सेमिफाइनलमा र्पुयाएका छन् ।

प्रकाशित मिति : २४ असार २०७५, आईतवार ०९:३१