१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्वीडेनलाई २–० गोलले पाखा लगाउँदै इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा


२३ असार, काठमाडौँ । स्वीडेनलाई २–० गोलले पाखा लगाउँदै इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डलाई अन्तिम ४ मा र्पुयाउन खेलको ३० औं मिनेटमा हयारी मागुरे र ५९ औं मिनेटमा डेल अलीले गोल गरेका थिए । इंग्ल्याण्ड यो सहित तेस्रो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

यसअघि सन् १९६६ मा आफैले विश्वकप जित्दा र सन् १९९० मा सेमिफाइनलसम्म पुगेको थियो । सन् १९९० मा भने इंग्ल्याण्ड पश्चिम जर्मनीसँग सेमिफाइनलमै पराजित भयो । यसपटकको सेमिफाइनल यात्रा इंग्ल्याण्डको २८ वर्षपछि पहिलो पटक हो ।

प्रकाशित मिति : २३ असार २०७५, शनिबार २२:३०