६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

सुर्खेतमा मेडिकल कलेज स्थापना गरिने


१५ जेठ, काठमाडाैँ । नेपाल सरकारले आगामी आव०७८/०७९ मा सुर्खेत मेडिकल कलेज स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज गर्नुभएको बजेट भाषणमा सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बताउनुभएको हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने कुरा सरकारले बजेटमै ल्याउनु अत्यन्तै सकरात्मक भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाडम्बर खड्काले बताउनुभयो । कर्णाली प्रदेशका नागरिक अगुवा पीताम्बर ढकालले बजेटमा आउनु सकरात्मक रहेको तर कार्यान्वयन तहमा ढुक्क भएर बस्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले एक डेढ वर्ष अघिदेखि मेडिकल कलेज स्थापनाका लागि भनेर वीरेन्द्रनगर सुर्खेतको कालिञ्चोकमा कार्यालय छ । कर्मचारी बसेका छन् तर जग्गाको पहल गरिएको छैन ।

सरकारले आज गरेको बजेट भाषणमा आगामी आर्थिक वर्षका लागि प्रदेश नं २ को बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन तयार गरिने जनाइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार २२:०९