७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मगर खेलाडीहरू गृहमन्त्रीबाट सम्मानित


–डिलकुमारिन नेपाल

२३ असार, काठमाडाैँ । नेपाल मगर खेलकुद सघको आयोजनामा आज राजधानीमा आयोजित “मगर खेलाडी सम्मान तथा सास्क्रीतिक कार्यक्रम २०७५” माननीय गृहमन्त्री रामबहादुर थापा मगर “बादल”ले उद्घघाटन गर्नुभयो । नेपाल मगर सघका उपाध्यक्ष रेवत राना मगरले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियाे ।

कार्यक्रममा माननीय गृहमन्त्री थापाले मगर समुदायका रास्ट्रीय खेलाडीहरु एब प्रशिक्षहरुलाई सम्मानित गरेकाे थियाे ।नेपाली बक्सिङ खेलका भिष्म पिताह एब सस्थापक सुरेश सि आलेमगर ,फुट्बलका पुर्बखेलाडी पबन रानामगर,करातेका प्रशिक्षक बिजय थापा ब्याट्मिन्टनका प्रशिक्षक किरण थापा,तेक्वान्दोका पुर्ब खेलाडी थ्यानेश्वर दर्लामि मगर, जुडोका पुर्ब खेलाडी वीर बहादुर रानामगर ,भारोत्तोलनकि रास्ट्रीय खेलाडी तारादेबी पुन मगर ,टेबुल टेनिसकि रास्ट्रीय खेलाडी गिता थापा मगर सुटिङ कि फुलमाया क्याप्चाकी ,भलिबलका पुर्बखेलाडी इम बहादुर रानामगर ,क्रीकेट खेलाडी नेरि थापा ,उसु तर्फ १२औ दक्षिण एशियाली गेम्सबाट स्वर्ण पदक खेलाडी निमा घर्तिमगरलाई सम्मानपत्र एब खादा लगाई सम्मानित गर्नु भएको थियो।

सोहि अबसरमा खेलाडी सम्मान गर्न पाउँदा धेरै खुशी भएको र बिशेश गरेर मगरजातीले रास्ट्रीय एब अन्तर्राष्ट्रिय जगतमा मुलुकको नाम राख्ने प्रयास गरेकोमा गर्व महसुस गनुभएकाे प्रमुख अतिथी गृहमन्त्रीले बताउनु भयो ।सोही कार्यक्रममा नेपाल मगर सघका अध्यक्ष नवीन रोक्का मगर लगाएतका विशिष्ट ब्यक्तित्वहरुको उपस्थित रहेका थियाे ।नेपाल मगर खेलकुद सघका अध्यक्ष मनबहादुर पुनको सभापतित्वमा सन्चालन भएको थियो।

प्रकाशित मिति : २३ असार २०७५, शनिबार १७:५४