१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एन्फाको शौचालय निर्माणमा जापान सरकारको सहयोग


१६ फागुन, काठमाडौँ । एन्फा कम्प्लेक्स मैदानको भौतिक पूर्वाधार निर्माणका लागि जापान सरकारले ७४ लाख सहयोग गर्ने भएको छ । सातदोबाटोस्थित एन्फाको कम्प्लेक्स मर्मतका लागि सहयोग खर्च गरिने छ ।

बुधबार जापानी दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फाका महासचिव धीरेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुट्स प्रोजेक्टअन्तर्गतबाट नेपाललाई अनुदान स्वरुप सो रकम दिन लागेको हो ।

एन्फा महासचिव प्रधानले उक्त रकमबाट एन्फा कम्प्लेक्समा रहेको मैदानमा दर्शकका लागि शौचालय, निर्माण, चेन्जिङ रुमको स्तर उन्नति र टेक्निकल डाइरेक्टरका लागि कार्यालय निर्माण गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार १७:५३