१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

विप्लवलाई पक्राउ गर्न अदालतको आदेश, ज्यान मार्ने धम्की दिएको आरोप


१६ फागुन, भोजपुर । जिल्ला अदालत भाजपुरले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न आदेश दिएको छ ।

चन्दलाई ज्यान मार्ने धम्की तथा विस्फोटक पदार्थ मुद्धाको कसुरमा पक्राउ गरी जिल्ला अदालत भोजपुरमा उपस्थित गराउन प्रहरीलाई अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत भोजपुरले कपिलवस्तुको जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी विप्ललाई पक्राउ गर्न आनुरोध गरेको छ ।

विप्लव समूहले एनसेलका टावरमा क्षति पर्याउनुका साथै चुनावको बेलामा विभिन्न स्थानमा बम विस्फोट गराएको विषयमा अदालतमा मुद्दा परेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार १५:००