१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

माधव नेपालसहित एमालेका दुई दर्जन सांसदको राजिनामा, भोलि बुझाउने तयारी


२५ वैशाख, काठमाडौँ । नेकपा (एमाले) का दुई दर्जन सांसदले राजिनामा दिने भएका छन । एमाले विभाजन गर्न संख्या पनि नपुग्ने र एमालेभित्रै पनि बस्न नसक्ने अवस्था भएको भन्दै माधवकुमार नेपाल समूहका ३४ सांसदले भोलि राजिनामा पत्र संसद सचिवालयमा बुझाउने भएका हुन ।

हिजोको वार्ता सकारात्मक भएपनि शनिबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले कुनै चासो नदेखाएका कारण राजिनामाको निष्कर्षमा पुगिएको एक नेताले जानकारी दिनुभयो । उहाँले कम्युनिष्ट आन्दोलन नै दुर्घटनामा परेको भन्दै एमाले बचाउन सक्ने स्थिति नदेखिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते सोमबार विश्वासको मत लिने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीलाइ ओलीलाइ नेकपा हुँदादेखिनै असफल बनाउन लागि परेको समूहले अहिले विश्वासको मत नदिनका लागि राजिनामाको निर्णय लिएको हो ।

राजिनामा दिने सांसदको संख्या ३४र३५ जना पुग्ने ती नेताको भनाइ छ । नेपाली कांग्रेस र माओवादीलाइ पहिल्यै नै बचन दिइसकेको माधव नेपाल समूहले ओली समूहसँग वार्ता गरेजस्तो गरेर राजिनामाको निर्णय लिएको हो ।

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार २३:०४