६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

शनिबार ३३७० जना कोरोनामुक्त भएर घरफर्किए, ५३ जनाको मृत्यु


२५ वैशाख, काठमाडाैँ । पछिल्लो २४ घण्टामा कूल आठ हजार ४१८ जना कोरोनाका नयाँ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३०४ नमूना परीक्षण गरिएकामा उक्त संख्यामा सङ्क्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५३ जनाको ज्यान गएको छ । यस्तै, तीन हजार ३७० जना निको भएका छन् । मन्त्रालयका अनुसार कूल तीन हजार ६३२ जनाको हालसम्म मृत्यु भएको छ । हालसम्म कूल २६ लाख १५ हजार ७२० जनाको परीक्षण गरिएको छ ।

कूल तीन लाख ८५ हजार ८९० जना कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये आइसोलेशनमा पुष्टि भएका केसको संख्या ८३ हजार ४९३ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म दुई लाख ९८ हजार ७६५ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौँमा दुई हजार २७० जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३८१ जना र ललितपुरमा ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या २६ हजार ४२६ छन् ।

निको भएकाको संख्या एक लाख १४ हजार ५८०, मृत्यु भएकाको सङ्ख्या ८२० रहेको छ । भक्तपुरमा तीन हजार ५४० जना सक्रिय सङ्क्रमित छन् भने निको भएकाको सङख्या नौ हजार ९१४ छन् भने १७२ जनाको ज्यान गएको छ ।

ललितपुरमा हाल सक्रिय सङक्रमितको सङ्ख्या पाँच हजार ७१२ रहेका छन् भने निको भएकाको सङ्ख्या १७ हजार ८१३ छन् । यस्तै कोरोनाका कारण २३३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार २२:०७