८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चलचित्रमा अस्वस्थ प्रतिस्पर्धा भएकामा चिन्ता


२५ वैशाख, काठमाडाैँ । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको तेस्रो दिनमा आज चलचित्र निर्माता एवं निर्देशक प्रताप सुव्बाले चलचित्र क्षेत्रका अनुभव सुनाउनुभएको छ । परालको आगो, बाँच्न चाहने जस्ता चलेका चलचित्रको निर्माण गर्नुभएका सुब्बाले त्यस समयको चलचित्र जगत्को दुःख सुनाउनुभयो ।

आफूले त्यस बेलामा सीमित श्रमशक्ति, पूँजी, प्रविधिका अभावका बीचमा पनि धेरै कलाकारको विकास गर्न सफल भएको उहाँले बताउनुभयो । चलचित्र जगत्बाट पैसा कमाउनुभन्दा पनि विकास र विस्तार गर्ने नै मुख्य उद्देश्य रहेको बताउनुभयो ।

पहिले चलचित्रबीच स्वस्थ प्रतिस्पर्धा भएको र राम्रा चलचित्र निर्माण गरिए पनि अचेल अस्वस्थ प्रतिस्पर्धा भई अनावश्यक राजनैतिक हस्तक्षेप हुने गरेको बताउनुभयो । त्यस बेला नेपाली समाजका मौलिक चलचित्र निर्माण हुने गरेकामा आजकाल विकृति आएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार २१:३३