६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

प्रधानमन्त्री ओलीको गृह जिल्लामा माओवादीको एउटा सिंगो कमिटी नै एमालेमा समाहित


२५ वैशाख, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा नेकपा माओवादी केन्द्रको एउटा सिंगो कमिटीनै नेकपा एमालेमा समाहित भएको छ । झापाको मेचीनगर नगरपालिकामा माओवादी केन्द्रको एउटा सिंगो वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको हो ।

एमालेका नेता एवम् प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले माओवादी केन्द्र मेचीनगर ८ वडा कमिटी समाहित भएको जानकारी दिनुभयो । शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै माओवादी केन्द्र वडा कमिटी र अखिल नेपाल चिया मजदुर संघ टोकला इकाई परिवार एमालेमा समाहित भएको घोषणा गरेका छन ।

दुई दशक अघिदेखि माओवादी केन्द्रमा आबद्ध रहेका मेचीनगर ८ वडा कमिटीका अध्यक्ष कुन्दन निरौलाका अनुसार देश र जनतालाई निकास दिने एक मात्र पार्टी केपी ओली नेतृत्वको एमाले रहेको हुँदा आफुहरू एमालेमा समाहित भएको बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार १९:५९