२ चैत्र २०८०, शुक्रबार | Fri Mar 15 2024

नेकपा एमालेका नेता कमानसिंह लामाकाे निधन


२४ वैशाख, काठमाडौँ । नेकपा (एमाले)का नेता कमानसिंह लामाकाे निधान भएकाे छ । काेराेना संक्रमित भएपछि अस्पताल भर्ना हुनुभएकाे लामाकाे शुक्रबार निधन भएकाे हाे । उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि स्वयम्भूस्थित मनमाेहन अस्पतालमा भर्ना गरिएकाे थियाे । अस्पतालमा उपचारकै क्रममा उहाँको शुक्रबार निधन भएकाे उहाँको भान्जा समेत रहनुभएका एमाले नुवाकाेटका नेता वीरबल तामाङले जानकारी दिनुभयाे । विदुर नगरपालिकाका पूर्व मेयर रहनु भएका लामा केही महिनाअघिमात्र नेकपा हुँदै एमालेमा प्रवेश गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार १४:५३