६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

बिहीबार बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


२३ वैशाख, काठमाडाैँ । बिहीबार नेपाली बजारमा सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । बिहीबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुनकाे मूल्य प्रतिताेला ९० हजार ६ सय रुपैयाँमा काराेबार भएकाे  छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९० हजार १ सय रूपैयाँमा काराेबार भएकाे छ । बिहीबार चाँदीकाे मूल्य भने ताेलाकाे ५ रुपैयाँले घटेर प्रतितोला १३१५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार १२:२६