१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

घरमा ताल्चा ठोकेर बजार खोज्दैछु (गजल)


–गणेश आचार्य

खेतबारी बाझो राखेर बिदेशमा रोजगार खोज्दैछु ।
घरमा ताल्चा ठोकेर म बस्न का लागी बजार खोज्दैछु ।

बाउले दु:ख गरी जोड्दीएका सम्पती सस्ता बनाएर
थाहा छैन म यहाँ परदेशमा के उपहार खोज्दैछु ।

गाँउका भजन कृतनहरु त्यती रुच्न छाडे अचेल
बजारकै दोहोरी साँझ, रोदीघर र डान्स बार खोज्दैछु ।

पैदल हिड्न पर्यो भने मरे जस्तो हुन्छ अचेल
बिलाशी भयो जिवनशैली म यहाँ कार खोज्दैछु ।

नयाँ प्रबिधी संगै यती धेरै अभ्यस्त हुन थालेकी
एउटा सानो मोबाईलबाट नै सारा संसार खोज्दैछु ।

गाँउका फाट छाडेर शहरका आनाहरुमा खोज्दैछु
के खोज्दैछु थाहाछैन तरपनि म लगातार खोज्दैछु ।

 

जैमिनी न. पा. ५
बिनामारे बाग्लुडं हाल इटली ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार १३:३७