११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

२५ वर्षीय महिलाले एकै पटक ९ बच्चा जन्माइन, सबैको स्वास्थ्य सामान्य


२२ वैशाख, काठमाडाैँ । विश्वमै दुर्लभका खालका घटनाहरू देखा परिरहेका हुन्छन । यस्तै भएको छ अफ्रिकी मुलुक मालीमा पनि । त्यहाँको एक २५ वर्षीया महिलाले ९ बच्चा एकै पटक जन्माएकी छिन । उनले पाँच छोरी र चार छोरालाइ सकुशल जन्मदिएकी हुन ।

मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मंगलबार एक विज्ञप्ति जारी गर्दै मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छन्। सिसेको मंगलबार शल्यक्रिया गरिएको थियो। बच्चा र सिसेको स्वास्थ्य अवस्था सामान्य भए पनि उनी अस्पतालबाट घरफर्कन केही दिन लाग्ने चिकित्सकहरूले बताएका छन ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार ०८:५०