१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विश्वकप फुटबलः क्वार्टरफाइलन समीकरण पूरा


२० असार, काठमाडाैँ । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता २०१८ को क्वार्टरफाइलन समीकरण पूरा भएको छ । मंगलबार सम्पन्न अन्तिम प्रिक्वार्टरफाइनलमा इंग्ल्याण्डले कोलम्बियालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

क्वार्टरफाइलनमा ६ राष्ट्र युरोपबाट तथा दक्षिण अमेरिकाबाट दुई राष्ट्र छनोट हुन सफल भएका छन् । युरोपबाट आयोजक रुस, बेल्जियम, फ्रान्स, क्रोएसिया, इंग्लयाण्ड र स्वीडेन छन् ,भने दक्षिण अमेरिकाबाट ब्राजिल र उरुग्वे रहेका छन् । रुस पहिलोपटक अन्तिम आठमा प्रवेश गरेको हो ।

क्वार्टरफाइनलको पहिलो खेल शुक्रबार उरुग्वे र फ्रान्सका बीच तथा अर्को खेल ब्राजिल र बेल्जियमका बीच हुनेछ । शनिबार स्वीडेन र इंग्ल्याण्डबीच तथा रुस र क्रोएसियाबीच हुनेछ ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार १५:१८