१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पछिल्लाे २४ घण्टामा थपिए ७६६० जना कोरोना संक्रमित


२१ वैशाख, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ५८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१६ हजार १३१ जनाको पीसीआर र ५७१ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६६० संक्रमित भेटिएका हुन् । योसहित  हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १७:२३