६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

कांग्रेस र माओवादीले एसिड आक्रमणविरूद्धको कानुन बनाउन नदिएपछि पुन अध्यक्षदेश जारी


२१ वैशाख, कामठाडाैँ । नेपाली कांग्रेस र माओवादी केन्द्रले एसिड आक्रणमविरूद्धको कानुन संसदबाट बनाउन नदिएपछि सरकारले पुन अध्यक्षदेशका माध्यमबाट कानुन ल्याएको छ । यसअघि गत असोजमा जारी गरिएको अध्यादेश भोलि वैशाख २२ बाट निष्क्रिय हुनेभएपछि सरकाले पुन अध्यादेश ल्याएको हो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रणमविरूद्धको सहित सात वटा अध्यादेश जारी गर्नुभएको छ । संसदको अधिवेशनमा सरकारले अध्यादेशहरू प्रवेश गराउन खोजेपनि कांग्रेस र माओवादीका सांसदले रोकेका थिए ।

संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपतिले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्याविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश लगायतको सात अध्ययादेश जारी गर्नुभएको छ ।

एसिड आक्रमणकारीलाई कुनै पनि अवस्थामा छुट नहुने व्यवस्था गरिएको छ। कानूनमा आक्रमणकारीले २० वर्ष सजाय तोकिएकोमा २० वर्ष नै सजाय काट्नुपर्ने गरी अध्यादेश ल्याइएको छ । अध्यादेशमार्फत बाहिरबाट तेजाब ल्याउन पनि कडा व्यवस्था गरिएको छ । तेजाब आक्रमणको सन्दर्भमा मुद्दा परेपछि फिर्ता नहुने प्रावधान राखिएको छ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १६:५२