७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

उपेन्द्रले प्रचण्डलाई पार्टी बुझाउने खतरा देखिएपछि हस्ताक्षर संकलनः नेता कर्ण


२१ वैशाख, काठमाडाैँ । उपेन्द्र यादवले जनता समाजवादी पार्टी (जसपा)लाइ माओवादी केन्द्रमा विलय गराउने प्रयास गरेपछि दलभित्र तीव्र ध्रुवीकरण भएको छ । जसपाका नेता लक्ष्मणलाल कर्णले बाबुराम भट्टराईसँग मिलेर उपेन्द्र यादवले पार्टी नै समाप्त पार्ने खेल खेलेको बताउनुभएको छ । ‘

उहाँले भन्नुभयो ‘उपेन्द्र यादवले प्रचण्डलाई पार्टी बुझाउनुहोला की भन्ने डर भयो, त्यसैले पार्टी जोगाउन हस्ताक्षर संकलन गरिँदैछ ।’ उहाँले उपेनन्द्र यादवलगायतका सबै नेता पार्टीलाई कसरी जोगाएर लैजान सकिन्छ भन्ने विषयमा चिन्तित रहेको बताउनुभयो । उहाँले उपेन्द्र यादवलाई पार्टीमा विश्वास गर्ने वातावरण नभएको बताउनभयो ।

उहाँले भन्नुभयो ‘पार्टीको बैठक नै नबसी उपेन्द्र यादवले हस्ताक्षर संकलन गर्नुभयो, उहाँले फुटको बिउ रोप्नु भएको छ, हामी फेरि मिलेर जाने कुरा गर्न हस्ताक्षर संकलन गरिरहेका छौँ।’ उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन हस्ताक्षर संकलन गरिएको भन्ने कुरा गलत रहेको पनि बताउनुभयो ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १६:३०