१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पदमुक्त हुँदा खुशी व्यक्त गर्दै शेरचनले भने ‘पहिल्यै राजिनामा दिन खोजेको प्रचण्डले रोके’


२१ वैशाख, पोखरा । गण्डकी प्रदेशको प्रमुखबाट पदमुक्त हुनुभएका अमिक शेरचनले खुशी व्यक्त गर्नुभएको छ । उहाँले अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाइ धन्यवाद समेत प्रकट गर्नुभएको छ ।

शेरचनले कार्यकालको बीचमा पनि आफूले राजीनामा दिने पटकपटक प्रयास गरे पनि पुष्पकमल दाहाल प्रचण्डले रोकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘राजीनामा दिन तयार थिएँ, पहिले नै प्रचण्डले रोकेकाले बसे ।’

शेरचनले आफूले गण्डकी प्रदेशको प्रदेश प्रमुखको रूपमा कार्यालयमा १८ महिना २ दिन पुगेको उल्लेख गर्दै सहोग गर्ने सबैलाइ धन्यवाद दिनुभएको छ । उहाँले पदमुक्त भएपछि मंगलबार पत्रकार सम्मेलन गरेर विदाइ हुनुभएको छ । सरकारले शेरचनलाइ पदमुक्त गर्दै सीता पाैडेललाइ प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १०:३३