६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

अन्तर्राष्ट्रिय उडान २३ गतेदेखि बन्द, उडानबारे सरकारले गरेका पाँच निर्णय यी हुन


२० वैशाख, काठमाडौँ । सरकारले विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड(१९ को सङ्क्रमण नेपालमा बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धमा विभिन्न निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुावटारमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानबारे पाँच बुँदे निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले मिति २०७८ बैशाख २० गते राति १२:०० बजेदेखि बैशाख मसान्तसम्म नियमित आन्तरिक हवाई उडान स्थगन गर्ने र मिति २०७४ वैशाख २३ गते राति १२:०० बजेदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले हवाइ उडानसम्बन्धी गरेको पाँच बुँदे निर्णय तेल हेनर्न सक्नुहुन्छ

१. मिति २०७८ बैशाख २० गते राति १२:०० बजेदेखि बैशाख मसान्तसम्म नियमित आन्तरिक हवाई उडान स्थगन गर्ने।

२. मिति २०७४ वैशाख २३ गते राति १२:०० बजेदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गर्ने।

३. स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम Air Bubble सुविधाअन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुईवटामा सीमित गर्ने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन गर्ने। होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारीसमक्ष कारबाहीको लागि लेखी पठाउने । कुनै पनि उडानमा पिसिआर पोजेटिभ भएका यात्रुलाइ बोर्डिङ पास दिइ यात्रा गराएमा सो उयडानका सबै यात्रुको क्ववारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्ने व्यवस्था गर्ने ।

४. आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षा गापदण्डको पूर्ण पालना हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति जारी गर्ने ।

५. चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गर्ने ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार १५:३१