११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

लुम्बिनी प्रदेशकी एमाले सांसद विमला वली माओवादीतिर


१९ वैशाख, काठमाडौँ । लुम्बिनी प्रदेशकी एमाले सांसद विमला वली माओवादीतिर लाग्नुभएको छ । विमला ओली खेमाको एमाले छाडेर माओवादीमा प्रवेश गरेसँगै त्यहाँका मुख्यमन्त्री शंकर पोखरेललाइ एकल बहुमतको सरकार बनाउन कठिन हुने भएको छ । यद्यपी पोखरेलले लुम्बिनीमा नयाँ सरकार बनाउने तयारी गरिरहनुभएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध यस अघि नै गत ६ वैशाखमै अविश्वासको प्रस्ताव दर्ज भएको थियो । त्यसपछि उहाँले आइतबार बिहान राजिनामा दिएर पुन एमालेको  एकल बहुमतको सरकार बनाउने तयारी गर्नुभएको छ । विमला एमाले नेता उत्तरकुमार वली दुर्घटनामा परी मृत्युवरण गरेपछि उपचुनावबाट लुम्बिनीको प्रदेशसभामा प्रवेश गर्नुभएको थियो ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार १५:३८