१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रुरु जलविद्युतको सेयर साेमबारबाट कारोबारमा आउने, कति छ ओपनिङ रेन्ज ?


१९ वैशाख, काठमाडाैँ । रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर सोमबारट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। यो कम्पनीको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार सूचीकरण भएसँगै भोलिबाट कारोबारमा आउने भएको हो।

यो कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ४ लाख ७ हजार ७०६ कित्ता, आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको ४ लाख ७ हजार ७०५ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख ६१ हजार ६४४ कित्ता गरी कुल ४० लाख ७७ हजार ५५ कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीको सेयरलाई न्यूनतम रु. ११८.८४ र अधिकतम ३५६.५२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यदि भोलि स्पेस प्रिओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयमा कारोबार खुल्नेछ। नेप्सेले यो कम्पनीलाई ‘आरयूआरयू’ कारोबार संकेत प्रदान गरेको छ।

कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। आईपीओ बाँडफाँड भने गत वैशाख ३ गते गरिएको थियो।

प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार १४:५७