१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

दाङमा कारभित्र मृत फेला परेका बालकहरूको पहिचान खुल्यो, सबै एकै गाउँका


१९ वैशाख, तुलसीपुर । दाङको तुलसीपुरमा कारभित्र मृत फेला परेका बालकहरूको पहिचान खुलेको छ । प्रहरीले सबै बालक एकै गाउँको रहेको जानकारी दिएको छ ।

मृत भेटिएका बालकहरू तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

सिंहका अनुसार भारतीय कारमा मृत फेला पर्नेमा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार, ६ वर्षीय करण परियार र ९ वर्षीय सन्दिप परियार रहेका छन । अहिले शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

बालकहरू वैशाख १६ मा हराएपछि उनीहरूको अभिभावकले वैशाख १७ मा खोजीदिनका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए । यद्यपी उनीहरू मृत अवस्थामा भेटिएका छन । उक्त कारका मालिक यादवप्रसाद गैरेलाइ प्रहरी कार्यालयमा बोलाइको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आईतवार ०९:२१